News Portal

डा. केसीको मागमा अनौपचारिक सहमति : नेम्वाङ

५९६ पटक
काठमाडौं – अनसनरत डा. गोविन्द केसीको माग संबोधन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक सहमति भएको दावी गरिएको छ ।

छलफलमा केसीको मागको विषयमा अनौपचारिक रुपमा सहमति भएको नेम्वाङले बताएका छन् ।केसी र सरकारबीच सहजीकरण गरिरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, केदारभक्त माथेमा, मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटा, त्रिवि शिक्षण अस्पतालकी डा. दिव्यासिंह शाहसहितको टोली र प्रधानमन्त्रीबीच केसीको मागको विषयमा बुधबार छलफल भएको थियो ।

बुधबार उक्त टोलीसँगको छलफलका क्रममा ओलीले चिकित्सा शिक्षाको विषयमा डा. केसी र आफ्नो समान मत भए पनि उनको मागमा राजनीति भइरहेको जिकिर गरे । उनले डा. केसीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुका साथै र मंगलबार डा. केसी पक्ष र सरकारबीचको वार्ताबारे जानकारी लिएका थिए ।

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले डा. गोविन्द केसीको मागका विषयमा चरणवद्ध छलफलपछि करिब सहमति नजिक पुगेको बताए ।

यद्यपि सहमतिका विषय भने सार्वजनिक गरिएको छैन । ‘धेरै विषयमा सकारात्मक छ, पछि हट्ने अवस्था छैन । सहमति लगभग भएको छ । भत्काउने प्रयास भए पनि यो विषय टुंगोमा पुर्‍याउनुपर्छ भनेर प्रधानमन्त्री सकारात्मक रुपमा लाग्नुभएको छ ।’

नेम्वाङले संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नहुने तर डा. केसीको वार्ता टोलीले मंगलबार दिएको लिखित सुझावहरु समेट्ने बताएका छन् । बुधबार केसी र सरकारी वार्ता टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ ।

अनलाइनखबर

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...