News Portal

कम्युनिस्ट वडाध्यक्षले उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीलाई गरे दुर्ववहार

हिमाली संचार संवाददाता
३११० पटक
२०७७ जेठ २७, मंगलबार

सुर्खेत (सिम्ता) – जनताबाट प्रत्यक्ष निर्वाचित एक कम्युनिस्ट वडाध्यक्षले राहत बाडिरहेका ब्यक्तिहरुलाई दुर्ववहार गरेका छन।

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका वडा नम्बर ६ राकमका वडाध्यक्ष राजेन्द्र सिंह ठकुरीले दादागिरी शैलीमा राहत वितरण गर्न गएका उद्योग बाणिज्य संघ सुर्खेतका पदाधिकारीहरुलाई हातपात गर्नुका साथै असभ्य शैलीमा गालीगलोज गर्दै दुर्ववहार गरेका हुन।

उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष हर्षबिक्रम खड्कासहित बिरेन्द्र रावत, मोहन राना, स्वस्तिका बुढाथोकी, लालबहादुर सिंह ठकुरीलगायत मनोहर उपाध्याय र रितु रानाको टोलिमाथि वडाध्यक्ष सिंहले हातपात गरेको बताईएको छ।

राहत वितरण गर्न आएको सो टोलीले सिम्ता गाउँपालिकाको ९ वटै वडामा राहत वितरण गर्ने तयारीमा राकमबाट सुरु गर्न लागेको थियो।

तर राकमका वडाध्यक्ष सिंहले हातपात मात्रै गरेनन आफ्नै नातेदार लालबहादुर सिंह ठकुरीलाई कुटपिट गर्न तम्सिएपछि होहल्ला हुदा अन्य कम्युनिष्ट कार्यकर्ताहरु आएर लछारपछार गर्नुका साथै सो घटनाको भिडियो खिच्ने क्रममा मोबाइल समेत वडाध्यक्ष सिंहको कब्जामा रहेको बुझिएको छ।

वडाध्यक्ष सिंहले राजनीतिक शक्तिको आडमा खुलेयाम दादागिरी गर्दै राहत वितरण गर्न राकममा आएका अन्य व्यक्तिहरुलाई समेत धम्की दिने गरेका छन।

आफ्नै वडामा गरिबहरुलाई राहत वितरण गरिरहदा निर्वाचित वडाध्यक्ष सिंहले किन र के स्वार्थका लागि उद्योग बाणिज्य संघ सुर्खेतका उपाध्यक्ष खड्काको टोलीमाथि दुर्व्यवहार गरे प्रश्न खडा भएको छ।

यो पनि पढ्नुहोस।

पुर्वएमालेबाट निर्वाचित वडाध्यक्षले गरे यस्तो हर्कत, स्थानीय त्रासमा !

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...