News Portal

  • कोरोना महामारी नभएको भए भैरहवा विमानस्थलबाटै कतार जान पाइन्थ्यो : मन्त्री भट्टराई

    हिमाली संचार संवाददाता
    ५११ पटक
    २०७७ जेठ २६, सोमबार

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउनेसमेत बताए।

    ‘कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो। कोभिडको स्थिति कम भएको ६ महिनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिन्छ’ उनले भने।

    मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको सुदृढिकरणको काम अगाडि बढिरहको पनि बताए। त्यस्तै, ५४ वटा विमानस्थलहरुमध्ये ३४ वटा कालोपत्रे भएको र बाँकीको पनि कालोपत्रे, विस्तार र आधुनिकीकरण गर्दै जाने उनले बताए।

    पर्यटन व्यवसायीलाई सहुलियत प्याकेज !

    मन्त्री भट्टराईले बजेटमा पर्यटन व्यावसायीलाई सहुलियत प्याकेज आएको बताएका छन्। ‘पर्यटन क्षेत्रले धक्का खाएको प्याकेज छैन भनेर पनि आयो। फेरि एक पटक पढ्नुभयो भने ५० अर्बको पुनर्स्थापना कोष छ, ५ प्रतिशत ब्याजमा रकम चलाउन सकिन्छ। एक खर्बको पुनर्कर्जा कोष छ’ उनले भने।

    सरकारले ल्याएको राहत प्याकेजबाट व्यवसायीले कर्मचारीलाई तलब दिन र व्यवसाय सञ्चालनका लागि सहुलियत पाउने भट्टराईले बताए। हजाई क्षेत्रमा पार्किङमा छुट, हवाइ इन्धनको मूल्य घटाउनु पनि सहुलियत भएको मन्त्री भट्टराईको भनाइ छ।

    प्रदेश २ मा सबै भन्दा बढी बजेट !

    मन्त्री भट्टराईले पर्यटन मन्त्रालयको सबैभन्दा बढी बजेट प्रदेश २ मा रहेको बताए। उनले प्रदेश २ मा मात्र ५६ करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए।

    बजेटमाथि छलफलका क्रममा केही सांसदहरुले प्रदेशगत रुपमा बजेट असन्तुलित भएको बताएका थिए। जवाफमा उनले भने, सदूरपश्चिममा कम छ, तर, सबैभन्दा बढी प्रदेश नम्बर दुईमा जाँदैछ।’

    वीपीको नाममा पुरस्कार राखेँ !

    मन्त्री भट्टराईले आफूले विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार स्थापना गरेको बताए। आगामी आर्थिक बर्षको बजेटमा रकम विनियोजन गर्दा राजनीतिकरण, पार्टीकरण भएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

    ‘म भन्दाअघि प्रतिपक्षीबाट १० जना मन्त्री हुनुभएछ तर, विश्वेश्वरप्रसाद कोइरालाको नाममा पुरस्कार राख्न म नै आइपुग्न पर्‍यो। माननीयज्यूहरुले कहिले पनि बनाउनुभएको थिएन। मै आइपुगेँ। यसमा त प्रमुख प्रतिपक्षीले अलिकति स्वागत गर्नुहोला भनेको स्वागतै गर्नुभएन’ उनले भने।

    सगरमाथाको नाम राख्ने इतिहास शिरोमणि बाबुराम आचार्यले र पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नाममा पनि पुरस्कार स्थापना गरेको मन्त्री भट्टराईले बताए। मन्त्री भट्टराईले यसपटक नेताहरुको नाममा स्थापित प्रतिष्ठानहरुलाई अनुदान नदिएको पनि बताए।

    ‘राष्ट्रिय नेताको नाममा बनेका प्रतिष्ठानहरुलाई अनुदान दिने कार्यक्रम छैन त्यसकारण समान छौं। दिँदा तलमाथि होला नदिएपछि समान हुन्छौं’ उनले भने। मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका चार सय भन्दा बढी सम्पदाको पुनर्निर्माण गरिसकको र आगामी वर्ष २ सय वटा सम्पदा पुनर्निर्माण सकिने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...