News Portal

नेपालमा कोरोनाबाट १० को मृत्यु, २ सय ९० डिस्चार्ज !

हिमाली संचार संवाददाता
५५१ पटक
२०७७ जेठ २२, बिहिबार

काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ। भारतबाट ५ दिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए।

उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन्। उनी भारतबाट ५ दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई ३ दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो। बिहीबार एकै दिन ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार ३ सय ३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ।

बुधबार २ सय १ जना र मंगलबार २ सय ८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो। बिहीबार पीसीआर विधिबाट ८४ हजार १ सय ३४ र आरडीटी विधिबाट १ लाख २५ हजार ५ सय ६४ को नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय ६७ र आरडीटी विधिबाट ५ हजार १ सय ८५ जनाको नमुना परीक्षण गरिएको छ।

बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८, प्रादेशशिक जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालाको परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १ सय ६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत ८, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ९३ जना गरेर बिहीबार मात्र ३ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये पुरुष २ हजार ४ सय ५० छन् भने महिला १८४ जना छन्।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...