News Portal

चलचित्र विकास बोर्ड अध्यक्षका लागि भुवन केसीसहित तीन जनाको नाम सिफारिस

हिमाली संचार संवाददाता
८६९ पटक
२०७७ जेठ २२, बिहिबार

काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएकामध्ये ३ जनाको नाम सिफारिस गरिएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयले नायक भुवन केसी, निर्देशक दयाराम दाहाल र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको हो।

बोर्ड अध्यक्षका लागि अन्य ७ जना चलचित्रकर्मीले पनि आवेदन दिएका थिए। १० जनाको आवेदन परेपछि सूचना प्रविधि मन्त्रालयकी सह-सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको थियो।

समितिले तीन चलचित्रकर्मीको नाम सिफारिस गरेर पठाएको छ। अब बस्ने मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ। मंसिरको २९ गते चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको निधन भएपछि बोर्डमा अध्यक्ष पद रिक्त छ।

अहिलेको विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि विकास बोर्डमा अध्यक्ष नियुक्ति गर्न आवश्यक छ। समितिले सिफारिस गरेका तीन जना व्यक्तिहरू नै बोर्ड अध्यक्षका लागि बलियो प्रतिस्पर्धी मानिएका छन्।

तर चलचित्र विकास बोर्डको अध्यक्ष हुने व्यक्तिका लागि कार्यकाल सहज भने छैन। चलचित्र क्षेत्र नै पछाडि धकेलिएको अवस्थामा बोर्ड अध्यक्षको टाउकोमा जिम्मेवारीको ठूलो चाङ छ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...