News Portal

धरानको आगलागी नियन्त्रणमा, आमाछोरीको शव जलेको अबस्थामा भेटिए

हिमाली संचार संवाददाता
५८६ पटक
२०७७ जेठ २२,विहिबार

धरान। धरान उपमहानगरपालिका धरान १५ स्थित स्विमिङ पुल पछाडी रहेको नरबहादुर श्रेष्ठको धरबाट लागेको आगो अहिले नियन्त्रणमा आएको छ ।

बिहीबार बिहान भएको आगलागीमा नरबहादुर श्रेष्ठको आमा ८७ वर्षीय धनकुमारी श्रेष्ठ र बहिनी ५८ वर्षीय बोल्न नसक्ने सीता श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागी हुनुको मुख्य कारण खुलेको छैन । छिमेरीका अनुसार ग्याँस लिक भएर आगलागी भएको भन्ने अनुमान गरेका छन् । आगलागी हुँदा बोल्न नसक्ने छोरी लिन धर भित्र जाँदा आमा छोरी दुबै  आगोमा जलेर मृत्यु भएको स्थानियबासीहरुले बताएका छन्।

एक तला गाह्रो लगाएको र अर्को तला काठले बनेको दुई तले घर जलेर पुर्णरुपमा नष्ट भएको छ । मृतक दुवै जनाको शव घरको तलामाथि जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । आगलागीको मानवीय क्षति बाहेकको अरू विवरण आएको छैन। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...