News Portal

धरानमा जर्वजस्ती करणीको आरोपमा पूर्व गाविस सचिव पक्राउ, श्रीमती मृत अवस्थामा फेला

हिमाली संचार संवाददाता
४४८ पटक
२०७७ जेठ १९, सोमवार

धरान ।  धरान उपमहानगरपालिका वडा-२० साविक विष्णुपादुका गाविसका पूर्व सचिव साथै खानेपानी संस्थानमा समेत काम गरेका ६५ वर्षीय आफ्नै घरमा काम गर्ने युवतीलाई जर्वजस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् ।

पक्राउ परेका व्यक्तिले आफ्नो घरमा काम गर्न राखिएका एक जना युवतीलाई जङ्गलमा जर्वजस्ती करणी गरेको आरोप लागेको थियो । पीडित युवतीले आइतबार दिउसो प्रहरीमा जाहेरी दिएपछि साँझ पिडकलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनलाई थप अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडी बढाउने भएको छ ।

जर्वजस्ती करणीको आरोप लागेर पक्राउ परेका पूर्व सचिवको श्रीमती मृत फेला परेकी छिन् । आइतबार दिउसो घरमा काम गर्न राखेकी युवतीलाई गर्भवती बनाएको आरोप लागेका धरान २० निवासी आरोपीत पूर्व गाविस सचिवकी श्रीमती आइतबार राति ९ बजे आफ्नै घरमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनको आफ्नै घरको सिकुवामा लडेको अवस्थामा फेला परेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...