News Portal

निर्मलाका हत्यारालाई कारबाही गर्न सरकारलाई कांग्रेसको दबाब

हिमाली संचार संवाददाता
६५४ पटक

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बलात्कारी र हत्याराहरूलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसका नेताहरूले राजधानीमा दवाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार प्रधानमन्त्री केपी ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर निर्मला पन्तका दोषीहरूलाई कारबाही गर्न दवाव दिइएको हो ।

शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरूले दोषीहरूलाई कारबाहीका लागि दवाव दिएको कांग्रेस नेता लेखकले जानकारी दिए ।

‘निर्मला पन्त मात्रै होइन सबै बालिका र चेलीका बलत्कारीहरू तथा हत्याराहरूलाई छिटो पक्राउ गरेर कारबाही होस् भनेर माग गरेका छौँ’, उनले भने, ‘प्रधानमन्त्रीले पनि यस विषयमा आफू गम्भीर छु भन्नुभएको छ ।’

कम्युनिस्ट सरकारले सत्ता सम्हालेसँग देशमा शान्ति सुरक्षा दिनप्रति दिन विग्रर्दै गएको भन्दै कांग्रेस नेता लेखकले अपराधीहरूलाई संरक्षण गर्नेहरू सत्तापक्षकै रहेको बताए ।

निर्मला पन्तसहितका बलात्कृतहरूका दोषी तथा हत्याहरू खुलेआम हिड्न थालेपछि कांग्रेसका नेताहरूले पक्राउ गरेर कारबाहीका लागि दवाव दिन सत्तापक्षका नेताहरूसँग भेट गरेर गम्भीर बन्न आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...