News Portal

  • धरानले भर्ना नलिएपछि झापाका कोरोना संक्रमति रातभरी गेट बाहिर

    हिमाली संचार संवाददाता
    ४१२ पटक
    २०७७ जेठ १७, शनिवार

    धरान । शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका झापा जिल्लाका २७ जना संक्रमितलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड-१९ अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।

    अस्पतालले भर्ना गर्न नदिएपछि कोरोना संक्रमितहरु रातभरी अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपराह्न उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो ।

    कोरोना संक्रमण पुष्टि भए लगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका-४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसदेखि धरान लगिएको थियो । तर, धरानस्थित कोभिड-१९ अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरी गेट बाहिरै बस्न बाध्य भएका हुन् । उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका छन् । 

    वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले भने यसरी कोरोना संक्रमितलाई अहिले विहान सम्म आईसोलेसनमा भर्ना गर्न नसक्नुको कारण आईसोलेसनमा बेड अभावका कारण साथै झापाले समवन्य नगरेका हुनाले यसस्तो समस्या  भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले प्रतिक्रिया दिएका छन् ।

    कोरोना संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई धरान पठाएका हौं’ चम्लागाईले भन्नुभयो, ‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन ।यसरी कोरोना संक्रमित विरामीलाई रातभरी आइसोलेसन बाहिर राखिएकोमा जोखिम बढेको स्वास्थ्यविज्ञहरुले बताएका छन् ।

    जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ ।कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत रहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...