News Portal

रुकुम घटनामा अर्को शव पनि फेला, १८ जना पक्राउ

हिमाली संचार संवाददाता
८०७ पटक
२०७७ जेठ १५, विहिबार

काठमाण्डौ – पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा प्रेमिका लिन पुगेको समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदिमा हाम फालेर बेपत्ता भएकामध्ये थप एक युवाको शव बिहीबार फेला परेको छ।

हालसम्म यो घटनामा पाँच जनाको शव फेला परेको छ। गोविन्द शाही अझै बेपत्ता छन्। सशस्त्र प्रहरीको गोताखोर टोलीले सन्जु विकको शव बिहीबार फेला पारेको हो।

जाजरकोट छेडागाड नगरपालिका-५ कालेभिरमा जाजरकोट भेरी नगरपालिका–४ बस्ने १९ वर्षीय सन्जुको शव भेटिएको हो। यसअघि गोताखोरले बुधबार लोकेन्द्र सुनारको शव फेला पारेको थियो।

लोकेन्द्रको शव घटनास्थलभन्दा करिब ७ किलोमिटर पर चौरजहारी नगरपालिका–१ अधेरेस्थित भेरी नदिमा भेटिएको थियो। गोताखोरले बुधबारदेखि बेपत्ताको खोजी सुरु गरेको हो।

जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन गाउँका १९ जना लिएर शनिबार साँझ सोती पुगेका थिए।

उनीहरुलाई युवतीका परिवारको नेतृत्वमा गाउँलेले कुटपिट गर्दै लखेटेको र त्यसक्रममा केहीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरि नदीमा फ्याँकेको र केहीले भेरीमा हाम फालेको मृतक युवक पक्षहरुको दावी छ।

नवराजको शव सोही दिन राती १ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर दुरीमा रहेको भेरी नदिको पुलमुनी भेटिएको थियो। अर्का युवकको शव आइतबार दिउँसो सल्यानस्थित भेरी नदि किनारमा भेटिएको थियो।

अर्का एक युवकको शव सोमबार भेरी नदिमै भेटिएको थियो। यस घटनामा २० जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी परेको छ।

प्रहरीले युवतीका बुबाआमा र वडाध्यक्षसहित १८ जनालाई पक्राउ गरेको छ। यसअघि १२ जना पक्राउ परेकामा बिहीबार थप ६ जना पक्राउ परेका छन्। 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...