News Portal

पूर्वगृहमन्त्री जनार्दन शर्माले सुरक्षाकर्मी फिर्ता गरे

हिमाली संचार संवाददाता
५९८ पटक
२०७७ जेठ १५, विहिबार

काठमाण्डौ । पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले आफ्नो सुरक्षामा खटिने सशस्त्र प्रहरी गाडीसहित विहिवार सुरक्षाकर्मी फिर्ता गरेका हुन् । शर्माले सशस्त्र प्रहरीका आइजीपी सैलेन्द्र खनाललाई फोन गरी आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका थिए ।

शर्माले बिहीबार आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसहित विदाइ गरेको उनको सचिवालयले जनाएको छ । शर्माको सुरक्षामा सशस्त्रका १० जना सुरक्षाकर्मी खटिँदै आएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका शर्माले राष्ट्र र जनताको सुरक्षा नै मुख्य कुरा भएकाले गाडीसहितको सशस्त्र प्रहरी फिर्ता गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...