News Portal

मुगुसंगै कर्णालीको डोल्पामा पनि यार्सा टिप्न प्रतिबन्ध

धनबहादुर बुढा
५५० पटक
२०७७ जेठ १४, बुधबार

मुगु – मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा टिप्‍न गए ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो। लकडाउन र कोरोना भाइरसको संक्रमण हुने भन्दै गाउँपालिकाले एक महिनाअघि यार्सा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

त्यो निर्णयको इमान्दारीताका साथ कार्यन्वयन गर्न यार्सा संकलकहरुलाई आग्रह गरिएको छ। अवैध रुपमा पाटन प्रवेश गरी यार्सा चोरी हुने भएकाले कार्यपालिका वैठकबाट जरिवानाको निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामा बताउँछन्।

‘पाटन आसपासका बासिन्दाले यार्सा सिजन सुरु हुनुअघि र पछि पनि अवैध रुपमा यार्सा संकलन गर्ने गरेका थिए,’ अध्यक्ष लामाले भने, ‘अवैध रुपमा यार्सा संकलन रोक्न पाटन प्रवेश गर्ने नाकामा स्वयंसेवक परिचालन भएका छन्। कसैले पनि पाटन प्रवेश गर्न पाउने छैनन्।’

यार्सा चोरी पैठारी गर्न गएको भेटिएको खण्डमा कडा कारबाही हुुनेछ। अवैध संकलन रोक्न गाउँपालिकाले मुगु, डोल्फु, चितै लगायत गाउँमा स्वयमसेवक परिचालन गरेको गरेको छ। गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, छापाखोला लगायत ८ पाटनमा यार्सा पाइने गरेको छ।

यो समयमा यहाँका सबै पाटनमा मानिसहरु यार्सा संकलनका लागि पुग्ने गर्छन् । यो वर्ष यार्सा संकलन रोकिएको छ। अर्को वर्ष उत्पादन वृद्धि हुने आशा गरिएको छ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाही भन्छन,‘ले लकडाउनले यार्सा संरक्षणमा टेवा पुगेको छ।

हाल पूलुस्थित सीमा प्रहरी चौकीले यार्सा संकलन रोक्न नियमित गस्ती थालेको छ। जसका कारण पनि पाटनमा कसैले प्रवेश पाएका छैनन्। गाउँपालिकाले अपरिचित व्यक्ति अनुमतिबिना गाउँ छिरेमा १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ।

कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाका ९ वटै वडाका अध्यक्षको भेलाले पाटन प्रवेशमा रोक लगाएको हो। मुगुसंगै कर्णालीको डोल्पामा पनि यार्सा टिप्न प्रतिबन्ध छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...