News Portal

मुगुसंगै कर्णालीको डोल्पामा पनि यार्सा टिप्न प्रतिबन्ध

धनबहादुर बुढा
५९५ पटक
२०७७ जेठ १४, बुधबार

मुगु – मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा टिप्‍न गए ५० हजार रुपैयाँ जरिवाना तिर्नु पर्ने निर्णय गरेको हो। लकडाउन र कोरोना भाइरसको संक्रमण हुने भन्दै गाउँपालिकाले एक महिनाअघि यार्सा संकलनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

त्यो निर्णयको इमान्दारीताका साथ कार्यन्वयन गर्न यार्सा संकलकहरुलाई आग्रह गरिएको छ। अवैध रुपमा पाटन प्रवेश गरी यार्सा चोरी हुने भएकाले कार्यपालिका वैठकबाट जरिवानाको निर्णय गरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामा बताउँछन्।

‘पाटन आसपासका बासिन्दाले यार्सा सिजन सुरु हुनुअघि र पछि पनि अवैध रुपमा यार्सा संकलन गर्ने गरेका थिए,’ अध्यक्ष लामाले भने, ‘अवैध रुपमा यार्सा संकलन रोक्न पाटन प्रवेश गर्ने नाकामा स्वयंसेवक परिचालन भएका छन्। कसैले पनि पाटन प्रवेश गर्न पाउने छैनन्।’

यार्सा चोरी पैठारी गर्न गएको भेटिएको खण्डमा कडा कारबाही हुुनेछ। अवैध संकलन रोक्न गाउँपालिकाले मुगु, डोल्फु, चितै लगायत गाउँमा स्वयमसेवक परिचालन गरेको गरेको छ। गाउँपालिकाका सानो कोइकी, ठूलो कोइकी, रिमार, टाँके, छापाखोला लगायत ८ पाटनमा यार्सा पाइने गरेको छ।

यो समयमा यहाँका सबै पाटनमा मानिसहरु यार्सा संकलनका लागि पुग्ने गर्छन् । यो वर्ष यार्सा संकलन रोकिएको छ। अर्को वर्ष उत्पादन वृद्धि हुने आशा गरिएको छ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाही भन्छन,‘ले लकडाउनले यार्सा संरक्षणमा टेवा पुगेको छ।

हाल पूलुस्थित सीमा प्रहरी चौकीले यार्सा संकलन रोक्न नियमित गस्ती थालेको छ। जसका कारण पनि पाटनमा कसैले प्रवेश पाएका छैनन्। गाउँपालिकाले अपरिचित व्यक्ति अनुमतिबिना गाउँ छिरेमा १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पनि गरेको छ।

कोरोना भाइरसको संक्रमण रोक्न गाउँपालिकाका ९ वटै वडाका अध्यक्षको भेलाले पाटन प्रवेशमा रोक लगाएको हो। मुगुसंगै कर्णालीको डोल्पामा पनि यार्सा टिप्न प्रतिबन्ध छ।

प्रतिकृया दिनुहोस्

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...