News Portal

  • भारतीय गोर्खा सेनाभित्र आन्तरिक छानबिन शुरु, कार्बाही गर्ने सरकारको भित्री तयारी

    हिमाली संचार संवाददाता
    ४८३७ पटक
    २०७७ जेठ १२, सोमवार

    काठमाडौ – भारतीय  गोर्खा रेजिमेन्ट कम्पनी अन्तर्गत भारतीय सेनामा कार्यरत गोर्खाली सेना भित्र भारत सरकारले आन्तरिक छानबिन शुरु गरेको खबर छ। भारतले पछिल्लो समय नेपालको भूमि अतिक्रमण गरेर जारी गरेको उसको राजनैतिक नक्सालाई अस्वीकार गर्दै नेपालले पनि पछिल्लो समय आफ्नो अतिक्रमित भूमि सहित आफ्नो राजनैतिक नक्सा जारि गरे पछि दुई देशबिच टकराब बढेको हो।

    श्रोतका अनुसार सिमा बिबाद बढेकै बेला गोर्खा रेजिमेन्ट कम्पनीमा कार्यरत आफ्नो गोक्खा  सैनिकहरु नेपालको पक्षमा कत्ती छ्न र भारतको पक्षमा कत्ती छन? दुई देशको बिबादको बारेमा उनिहरुको धारणा कस्तो छ ? उनिहरुको गतिबिधि र अभिब्याक्ति कस्तो छ ? भन्ने कुराको प्रत्येक पल्टन भित्र गोप्य छानबिन अगाडी बढाउनुका साथै सामाजिक संजालमा उनीहरुले गरेको गतिबिधि र अभिब्याक्तिहरु रेकर्ड समेत हेरिएको दाबी छ।

    केही नेपाल समर्थक गोर्खा सैनिकको नामवली भारत समर्थक नेपाली गोर्खा अफिसरहरुले भारत सरकारलाई बुझाएको र छिट्टै ती नेपाल प्रति सकारात्मक धारणा राख्ने सकारात्मक लेख्ने र अभिब्याक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने देखि कार्बाही गर्ने सम्मको भित्र भित्रै आन्तरिक तयारी भारत सरकारले गरिरहेको श्रोतको दाबी छ। हाल भारतमा ४० हजारको हाराहारीमा नेपालीहरु ब्याबसायिक सेनामा कार्यरत छ्न।       

    ४२ बटालियन गोर्खा रेजिमेन्ट र TA  बटालियन ६ गरेर सिक्किम स्कट १ गरी गोर्खा रेजिडेन्टमा मात्रै ४९ बटालियन रहेको छ। अन्य सैनिक रेजिमेन्ट आसाम राईफल आर्टिलरी मेकनाईज इन्फेन्ट्री ज्याक राइफलमा समेत समावेश गराई थुप्रै गोर्खालीहरुले भारतीय माटोको सेवा गरिरहेका छन। यकिन तथ्यांक नभए पनि गोर्खा रेजिमेन्टमा आसाम सिक्किम दार्जीलिङ देहरादुन नेपाली भाषी सहितको समिश्रण बटालियन रहेको छ।  नेपाली नागरिकता बोकेर जाने मात्रै त्याहाँ  ७०% रहेका छन् भने सबै मिलाउदा ४० हजारको बिचमा कुल संख्या हुन पुग्छ।  

    उक्त बटालियनमा देशभक्त नेपाली भावनालाई सोही देशको कर्मचारी भएकोले देशद्रोहीको मुद्धा चलाउन सक्ने पनि श्रोतको दाबी छ। यदी भारतीय सेनामा कार्यरत नेपालीहरुलाई आफ्नो देशको निम्ति सकारात्मक धारणा राखेकै कारण देशद्रोहीको मुद्धामा जेल चलान भयो भने नेपाली दूतावास र नेपाल सरकारले सकारात्मक भुमिका खेल्ने उनिहरुको अपेक्षामा रहेको छ।

    नेपाल सरकारले उचित सम्बोधन र ब्यावस्थापन गरेको खण्डमा भारतीय सेनाको जागिर छोडेर फर्किने हजारौ देशभक्त नेपालीहरुको भावना जागृत भएको पनि श्रोतको दाबी छ। यदि भारत सरकारले देश द्रोहको मुद्दा हालेर कार्बाही गरेको खण्डमा उनिहरुले आफ्नो जीवन रक्षाको लागि पनि नेपाल सरकारले पहल कदमी लिने आन्तरिक श्रोतको अपेक्षा रहेको छ ।

    दुई देश बिचको आन्तरिक समस्याको समाधान भारत सरकार र नेपाल सरकार बिच कूटनैतिक सम्बन्धद्वारा समाधान हुने विश्वास रहेको छ । हाल भारतको नेपाल, चीन, पाकिस्तान र श्रीलंका लगायतका आफ्नो छिमेकी मुलुकहरुसंग सिमा विवाद रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...

    ब्रिफिङ: नेताका निवास र संवेदनशील क्षेत्रमा आगजनी, सुरक्षाकर्मी नियन्त्रण बाहिर

    काठमाडौं, २४ भदौ – सरकारविरुद्धको आन्दोलन बढ्दै गएपछि देशभर आगजनी र तोडफोडका घटनाहरू बढेका छन्।...

    बालकोटमा ओली निवासमा आगजनी, प्रदर्शन अझ चर्कियो

    काठमाडौं, २४ भदौ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आज प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।...

    कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।...

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...