News Portal

भूमि फिर्ता ल्याउन उच्चस्तरीय पहल गरौं : कांग्रेस

हिमाली संचार संवाददाता
४२७ पटक
२०७७ जेठ ११ आइतबार

काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले महाकाली पूर्वको भूभाग नेपाली भूमि भएको बताएको छ र भूमि फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ। तर सरकारले ल्याएको संविधान संशोधन विधेयकबारे भने केन्द्रीय कार्यसमितिबाट निर्णय गर्ने बताएको छ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै निशान छाप संशोधन गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ। यसबारे धारणा बनाउन आइतबार पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी बैठक बसेको थियो।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘१८१६ को सुगौली सन्धिको जगमा महाकाली पूर्वको भूभाग नेपालको हो र त्यहाँ निर्वाध रुपमा नेपालको हक स्थापित हुनुपर्छ र, उच्चस्तरीय कूटनीतिक र राजनीतिक सम्वाद गर्न सरकारसँग माग गरेको छ। उनकाअनुसार संविधान संशोधन प्रस्तावबारे केन्द्रीय कार्यसमितिबाटै निर्णय गर्ने सहमति भएको छ।

कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) बारे सरकारलाई ध्यानाकर्षण गराउँदै पीसीआर विधिबाट मात्र परीक्षण गर्न, क्वारेन्टाइन मापदण्ड अनुसार बनाउन माग समेत गरेको छ। विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई छिटो नेपाल फिर्ता ल्याउन कांग्रेसले माग गरेको छ।

सातै भारतीय सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले ल्याउन र क्वारेन्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्न माग गरिएको प्रवक्ता शर्माले बताए। ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा कटौति नगर्न समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...