News Portal

हेलिकोप्टर चढ्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आलोचना

हिमाली संचार संवाददाता
६१८ पटक

बिबिसी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हेलिकोप्टर सवारीलाई लिएर बहस सुरु भएको छ । खानको निजी निवास सरकारी आवासबाट करिव १५ मिलोमिटर दुरीमा छ र त्यहाँ जान उनले हेलिकोप्टर प्रयोग गरेका हुन् ।

प्रधानमन्त्री भए लगतै खानले प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौती गर्नुका साथै विलासी गाडीहरु बेच्ने घोषणा गरेका थिए । यसको धेरैले प्रशंसा पनि गरे ।

तर, १५ किलोमिटरको दुरीमा पनि हेलिकोप्टर प्रयोग गरेपछि खानकै आलोचना भएको छ । धेरैले प्रधानमन्त्रीको कार्यालय जाने शैलीलाई भीभीआईपी भनेका छन् । सामाजिक सञ्जालमा पनि उनको मजाक उडाइएका छन् ।

तर, पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको बचाउ गरेका छन् । हेलिकोप्टरमा यात्रा गर्नु निकै सस्तो भएको उनको दाबी छ । उनका अनुसार हेलिकोप्टरमा यात्रा गर्दा एक किलोमिटरको ५५ हजार मात्र पर्छ ।

तर, उनको दाबी झूटो भएको पाएपछि पाकिस्तानमा टप ट्रेन्डिङमा समेत आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...