News Portal

  • नाम मात्रैका क्वारेन्टाइन…

    हिक्मतबहादुर नेपाली
    ६२६ पटक
    २०७७ जेठ १०, शनिबार

    दैलेख – भारत सरकारले रेलसेवा सुरु गरेसँगै दैलेखमा पनि सिमावर्ती क्षेत्रबाट आउनेको लर्को लागेको छ। यो क्रम जारी छ। बिहीबार मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका एक हजार बढी नागरिक भित्रिए। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। तर, क्वारेन्टाइन नाम मात्रैका छन्।

    क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको पनि समस्या छ। विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेका बताउँछन्। क्वारेन्टाइनमा स्वास्थ्यकर्मी समेत बस्दैनन्।

    जिल्लाका अधिकांश ठाउँमा क्याम्पस र सामुदायिक विद्यालयको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ। जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ। त्यस मध्येको एक हो, नारायण नगरपालिकास्थित नारायण क्याम्पस रामपुरको क्वारेन्टाइन।

    उक्त क्वारेन्टाइनमा झण्डै अढाई सय व्यक्ति बसिरहेका छन्। त्यहाँ बसेका तीन जनामा आरडीटी पोजिटिभ देखिएपछि बनेका अन्य व्यक्ति भन्छन्, ‘हामीलाई भेडाबाख्रा जसरी राखिएको छ, हामी सुरक्षित छैनौँ, स्थानीय सरकारले जनावरको जस्तो पनि व्यवहार गरेनन्।’

    क्वारेन्टाइनमा बसेका सुरेन्द्र राना भन्छन्, ‘डेक्स बेन्च जोडेर सुत्नु परेको छ, शौचालय छ, खानपिनको समेत समस्या छ।’ क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि कसैले चासो नदेखाएको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पिएसबी नेपालको वार्षिकोत्सवमा ‘एनटिभी वर्ल्ड’को प्रसारण सुरु

    काठमाडौं, कार्तिक २३ – नेपाल टेलिभिजनले अंग्रेजी भाषामा नयाँ च्यानल ‘एनटिभी वर्ल्ड’ सञ्चालनमा ल्याएको छ।...

    स्वर्णलक्ष्मी सहकारी ठगीका फरार अभियुक्त बम्जन पक्राउ

    काठमाडौं, कार्तिक २३ – कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन्।...

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...