News Portal

नाम मात्रैका क्वारेन्टाइन…

हिक्मतबहादुर नेपाली
६९६ पटक
२०७७ जेठ १०, शनिबार

दैलेख – भारत सरकारले रेलसेवा सुरु गरेसँगै दैलेखमा पनि सिमावर्ती क्षेत्रबाट आउनेको लर्को लागेको छ। यो क्रम जारी छ। बिहीबार मात्रै रुपैडिया नाकाबाट दैलेखका विभिन्न स्थानीय तहका एक हजार बढी नागरिक भित्रिए। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। तर, क्वारेन्टाइन नाम मात्रैका छन्।

क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको पनि समस्या छ। विद्यालयको डेक्स बेन्च जोडेर सुत्नु पर्ने बाध्यता रहेको क्वारेन्टाइनमा बसेका बताउँछन्। क्वारेन्टाइनमा स्वास्थ्यकर्मी समेत बस्दैनन्।

जिल्लाका अधिकांश ठाउँमा क्याम्पस र सामुदायिक विद्यालयको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ। जहाँको अस्तव्यस्तताले संक्रमण रोक्ने होइन, स्वस्थ्य मान्छेलाई पनि संक्रमित बनाउने खतरा बढाएको छ। त्यस मध्येको एक हो, नारायण नगरपालिकास्थित नारायण क्याम्पस रामपुरको क्वारेन्टाइन।

उक्त क्वारेन्टाइनमा झण्डै अढाई सय व्यक्ति बसिरहेका छन्। त्यहाँ बसेका तीन जनामा आरडीटी पोजिटिभ देखिएपछि बनेका अन्य व्यक्ति भन्छन्, ‘हामीलाई भेडाबाख्रा जसरी राखिएको छ, हामी सुरक्षित छैनौँ, स्थानीय सरकारले जनावरको जस्तो पनि व्यवहार गरेनन्।’

क्वारेन्टाइनमा बसेका सुरेन्द्र राना भन्छन्, ‘डेक्स बेन्च जोडेर सुत्नु परेको छ, शौचालय छ, खानपिनको समेत समस्या छ।’ क्वारेन्टाइनमा खानेपानी, शौचालय, आड्ने ओछ्याउनेदेखि खानपिनको व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनीधि, प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएपनि कसैले चासो नदेखाएको उनले बताए।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...