News Portal

बैतडीमा ५ जनामा कोरोना संक्रमण, स्थानीयस्तरमा त्रास

भगीरथ अवस्थी
५६३ पटक
२०७७ जेठ १०, शनिबार

बैतडी – एकै पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ। भारतबाट फर्केकाहरुमा कोरोनाको संक्रमण पुष्टी भएकाले स्थानीयस्तरमा त्रास बढेको हो। अहिलेसम्म जिल्लाका ५ जनामा कोरोना देखिएको र ती सबै शिवनाथ गाउँपालिकाका रहेका छन्।

शुक्रबार संक्रमण पुष्टी भएका २२ वर्षीय युवक शिवनाथ गाउँपालिका २ हुन भने उनको स्वाब संकलन गरेर बैतडीबाट धनगढी पठाएपछि कोरोना पुष्टी भएको हो। उनी अहिले जिल्ला अस्पतालको आइसोलेसन कक्षमा छन्।

यस्तै शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका ४ जना पनि बैतडीको शिवनाथ गाउँपालिकाकै हुन्। उनीहरु यसैसाता कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका हुन्। उनीहरुको आरडीटी रिपोर्ट पोजिटिभ आएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको थियो।

शनिबार पीसीआर परीक्षण रिपोट पोजिटिभ आएपछि उनीहरुलाई सेती प्रादेशिक अस्पतालमै राखिएको छ। शनिबार संक्रमित भएका युवकहरु बैतडी नआएप नि उनीहरुसँगै रहेका धेरै युवकहरु बैतडी भित्रिएका शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए।

‘शनिबार सम्म ४७५ जना शिवनाथका मात्रै भित्रिएका छन्। उनीहरु धेरै जसो बिना परीक्षण गाउँपालिकामा पुगेका छन्। जिल्लामा उनीहरुको परीक्षणका लागि आरडीटी कीटको अभाव छ भने स्वाब संकलनका लागि पनि भिटिएम छैन्। ’उनले भने ‘भारतबाट फर्केका नागरिकहरुमा कोरोना देखिएको छ। धेरै जसो भारतबाट फर्केका नागरिकहरुको परीक्षण हुन सकेको छैन्।’

उनीहरु संक्रमितहरुसँगै भारतको मुम्बइ, नासिकलगायतका ठाउँबाट बैतडी भित्रिएको बुझिएको छ। गौरीफान्टा नाकाबाट बैतडीका धेरै नागरिक बिना परीक्षण जिल्ला भित्रिएका छन् भने शुक्रबार झुलाघाट नाकाबाट पनि बैतडीका १६२ जना बिना परीक्षण जिल्ला भित्रिएका छन्।

भारतबाट फर्केका नागरिकहरुको परीक्षण नहुँदा कोरोनाको जोखिम बढ्दै गएको छ। जिल्लामा भारतबाट फर्केका ६ हजार बढी नागरिकको कुनै परीक्षण हुन सकेको छैन्। पछिल्लो समयमा गौरीफन्टा र झुलाघाट नाकाबाट फर्केकाहरुको पनि परीक्षण हुन सकेको छैन्।

परीक्षणको दायरा बढाउन नसक्दा संक्रमणको जोखिम बढ्दै गएको छ। जिल्लामा आरडीटी कीटको अभाव रहेको छ भने स्वाब संकलनका लागि पनि भिटीएमको पनि अभाव रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...