News Portal

  • गाउँपालिका अध्यक्ष घर्तीले कार्यपालिका वैठकमै कुटे वडाध्यक्ष

    हिमाली संचार संवाददाता
    ६५० पटक
    २०७७ जेठ १०, शनिवार

    रोल्पा – तत्कालिन माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्षले काँग्रेसबाट निर्वाचित वडाध्यक्षलाई कार्यपालिकाको बैठकमै कुटेका छन्। रोल्पाको सुनीलस्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले सोही गाउँपालिकाको वडा नम्वर ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्रीलाई कार्यपालिकाको बैठक भइरहेकै स्थानमै कुटेका हुन।

    कोरोना भाइरस रोकथाम तथा नियन्त्रण लागि जेठ ९ गते बसेको कार्यपालिका बैठकमा अध्यक्ष घर्तीले वडाध्यक्ष क्षेत्रीलाई कुटपिट गरेका हुन्। वडाध्यक्ष क्षेत्रीले आफ्नो वडामा रहेका बैंकहरुलाई सोमबार र बिहिबार खोल्ने निर्णय वडाबाट गराएका थिए तर, कार्यपालिकाको बैठकमा वडाको कुनै पनि निर्णय आफुलाई अमान्य हुने भन्दै गाँउपालिका अध्यक्ष घर्तीले अनावश्यक विवाद झिकेर आफुमाथि कुटपिट गरेको वडा अध्यक्ष क्षेत्रीले बताए।

    कार्यपालिकाका एक सदस्यले गाउँपालिका अध्यक्ष घर्तीले दादागिरी शैलिमा अपशब्द प्रयोग गरी हातपात गरेको बताए। कुपीटबाट वडाध्यक्ष क्षेत्रीको शरिरका विभिन्न ठाउँमा चोटपटक लागेको छ।

    नेपाली काँग्रेस रोल्पाले विज्ञप्ति निकालेर गाउँपालिका अध्यक्ष घर्तीको कार्यलाई आपराधिक गतिविधि भनेको छ। स्थानीय सरकारको प्रमुख जिम्मेवारी पदमा रहेको गाउँपालिका अध्यक्षले सबैलाई समेटेर जाने र विवाद भएका मिलाउँदै जानुपर्नेमा आफ्नो निर्णयलाई लाद्न खाज्ने र हातपात नै गर्ने कार्य कानुन विपरित भएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनमगरले बताएका छन्।

    आपराधिक गतिविधि गर्ने अध्यक्षले लोकतान्त्रीक गणतन्त्रका धज्जी उडाएको सभापति पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। कार्यपालिका बैठक जस्तो गरिमामय ठाउँमा गाउँपालिकाको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले कानुनलाई आफ्नो हातमा लिने हर्कत गरेकोमा आपत्ती जनाउँदै कांग्रेस रोल्पाले कानुन बमोजिम हदैसम्मको कारवाही गर्न स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ।

    गाउँपालिका र नेकपाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन्। घर्ती तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मृत्यु १९ पुग्यो, ३४७ घाइते उपचाररत

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा देशभर भड्किएको जेनजी आन्दोलनले गम्भीर रूप लिँदै...

    सुन्धाराको प्रहरी बिटमा आगजनी

    काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भइरहेको आन्दोलन क्रममा जेन–जी युवाहरूले सोमबार सुन्धारास्थित...

    सामाजिक सञ्जालमार्फत ओलीलाई राजीनामा दिन सुमना श्रेष्ठको आग्रह

    काठमाडौं, भदौ २३ – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा...

    कास्कीमा अनिश्चितकालीन कर्फ्यू, आन्दोलनकारी–प्रहरीबीच झडप

    कास्की, भदौ २३ – जेन–जी आन्दोलनका क्रममा उत्पन्न तनावका कारण कास्कीमा अनिश्चितकालीन कर्फ्यू जारी गरिएको...

    जेनजी प्रदर्शनमा पाँचको मृत्यु

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच पुगेको...