News Portal

थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

हिमाली संचार संवाददाता
६०९ पटक
२०७७ जेठ ८, बिहिबार

काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ। बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक-एक जना रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन्।

त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश एकमा मात्रै संक्रमितको संख्या ७६ पुगेको छ।

प्रदेश १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको।

प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन्। नेपालभर संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन्। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...