News Portal

थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ४४ पुग्यो

हिमाली संचार संवाददाता
६५३ पटक
२०७७ जेठ ८, बिहिबार

काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ। बीपी कोइराना स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ४४ पुगेको हो।

बिहीबार संक्रमण पुष्टि भएकाहरुमा झापाका १५ जना, धनकुटा र सुनसरीका एक-एक जना रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेका छन्।

त्यस्तै धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेश एकमा मात्रै संक्रमितको संख्या ७६ पुगेको छ।

प्रदेश १ मा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको।

प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन्। नेपालभर संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ४५ जना निको भएका छन्। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...