News Portal

  • कालिमाटीका २ प्रहरीलाई देखियो कोरोना, २ सय प्रहरी फिल्ड जान रोकिए

    हिमाली संचार संवाददाता
    ६६४ पटक
    २०७७ जेठ ७, बुधवार

    काठमाडौं – महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना पोजेटीभ देखिएपछि वृत अन्तर्गत रहेका करिव २ सय प्रहरी फिल्डमा जान रोकिएका छन्। वृतमा कार्यरत १ सई र १ जवानमा कोरोना परिक्षणमा पोजेटीभ देखिएपछि उनीहरुलाई गए राती नै सशस्त्र प्रहरी बलको अस्पताल बलम्बु लगिएको प्रहरी नायव उपरिक्षक रुगम कुँवरले जानकारी दिए।

    दुई प्रहरीमा कोरोना देखिएपछि आफ्नो क्षेत्रमा रहेका करिब २ सय प्रहरीलाई फिल्डमा जानबाट रोकिसकेको बताए। सबैको कोरोना परिक्षण भएपछि मात्र प्रहरी कार्यक्षेत्रमा जान सक्छन नत्र प्रहरी आफै कोरोना क्यारियर हुन सक्ने भयका कारण प्रहरीलाई तत्काल काममा कजान रोकिएको उनले बताए।

    कालिमाटीमा महिला सेल पनि रहेको छ भने ट्राफिकको पनि कार्यालय छ। सबैको काम अब रोकिएको छ। हामीले सील गरेका छौं कुँवरले भने। दुई प्रहरीमा कोरोना देखिएपछि अग्रभागमा रहेर काम गर्नुपर्नेको अवस्था यसले देखाएको छ।

    वृत्त अन्तर्गत रहेका अन्य प्रहरीको अवस्थाको बारेमा परिक्षण पछि बताउन सकिने उल्लेख गर्दै कुँवरले भने, ‘अहिलेसम्म सबैको मेस एउटै छ ट्वाइलेट एउटै छ कस्को बारेर्मा के भन्न सकिन्छ र जस्लाई पनि भएको हुनसक्छ। तत्काल सीसीआर टेस्टको लागि सम्वन्धित निकायमा खबर गरिसेका छौ। चाँडै टेस्ट हुने अपेक्षा गरेका छौं।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २३ गतेको राशिफल

    आज कार्तिक २३, २०८२ (नोभेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अधिवेशनको तयारी अन्तिम चरणमा, युवा शक्ति कुवेत

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं“ भन्ने नाराको साथ गठन भएको युवा...

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...