News Portal

लोकसेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित

हिमाली संचार संवाददाता
४०४ पटक
२०७७ जेठ ६, मंगलवार

काठमाडौं – लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए।

आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ।

यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षा/लिखित परीक्षा/प्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने निर्णय गरेको सहायक प्रवक्ता सुदेवीले जानकारी दिए।

यसअघि सरकारले कोरोना भाइरसका कारण गत वैशाख १४ गते सिर्जना भएको स्वास्थ्य–सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनसमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्न अयोगलाई अनुरोध गरेअनुसार आयोगले स्थगन गरेको थियो।

उनका अनुसार आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरेको छ। आयोगले गत फागुन २८ गते  प्रकाशित राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरह पदका लागि भएका विभिन्न विज्ञापनमा दरखास्त लिने कार्य यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय गरेको छ।

दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने उनले जानकारी दिए। उनका अनुसार न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने भएको छ।

यसैगरी आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाको लिखित परीक्षा स्थिति सामान्य भएपश्चात मात्र गर्ने भएको छ।

आयोगले कुनै पनि चरणको परीक्षा कार्यक्रम (शारिरीक तन्दुरुस्ती परीक्षण, आइक्यू परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भइसकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरिसकेका निकाय/संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरी सार्वजनिक गरिने सहायक प्रवक्ता सुदेवीले जानकारी दिए।

उनले सम्बन्धित निकाय/संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय/संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिको बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...