News Portal

कपिलवस्तुमा ४ जना संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुग्यो

हिमाली संचार संवाददाता
७१९ पटक
२०७७ जेठ ६, मंगलवार

कपिलवस्तु – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ सय ७९ पुगेको छ। मंगलबार बिहान कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्।

मायादेवी गाउँपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ३ का १ जना थपिएका हुन्। संक्रमितहरु २० देखि ४५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्गर्तत स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। यीसंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७ पुगेको छ।

यसैबीच कोरोना संक्रमण फैलने उच्च जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले फेरि १५ दिनलाई जिल्लालाई सील गरेको छ। यस अघि बैशाख २९ देखि जेठ ५ गते सम्मकालागि जिल्लालाई सील गरिएको थियो।

सरकराले लकडाउन जेठ २० गते सम्म बढाएको तथा कपिलवस्तु कोरोनाको रेड जोनमा परे पछि जिल्लालाई पुनः १५ दिन सील गर्ने निर्णय गरिएको प्रजिअ दीर्घ नारायण पोेलले बताए। जेठ २० गते सम्म जिल्लालाई सील गरिएको हो।

प्रशासन कार्यालयमा बसेको कोरोना बिपद ब्यवस्थापन समिति र जिल्ला सुरक्षा समितको संयुक्त बैठकले सो निर्णय गरेको हो। जेठ २० गते मध्यरातसम्म जिल्लालाई सील गरिएको हो। प्रजिअ दीर्घनारायण पौडेलले जिल्लामा कोरानो तीब्ररुपमा फैलिए पछि जोखिम कम गर्न जिल्लालाई सील गर्न अवधि थपिएको बताए।

यस अघि गरिएको निर्णयलाई यथावत राखिएको तर तरकारी र खाद्यान्न किन्ने दिन घटाईएको छ। अब हप्ताको ३ दिन सोमवार बुधवार र शनिवार बिहान ७ देखि नौ बजे मात्र तरकारी र खाद्यान्न किन्ने समय छुट्टाईएको छ। जिल्लामा आउन र जान पूर्ण निषैध गरिएको छ।

अत्यावश्यक बाहेका सबै उद्योगधन्दा कलकारखाना उदोग ब्यवसाय, सवारी साधनमा पूर्ण रोक लगाईएको छ। स्थानीय प्रशासन र ऐन २०२८ दफा ६ ९३० क र संक्रमण रोग ऐन २०२० को दफा २ (१) अनुसार जिल्ला सील गरिएको हो। प्रजिअ पौडेलले अब पासमा समेत कडाई गरिने छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...