News Portal

  • सरकारको नीतिले संघीयता धरापमा पर्र्यो : उपेन्द्र यादव

    हिमाली संचार संवाददाता
    ४४५ पटक
    २०७७ जेठ ४, आईतबार

    काठमाडौं – समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता धरापमा पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आइतबार भएको छलफलमा भाग लिँदै यादवले सरकारका नीतिले संघीयता धरापमा पर्ने जोखिम रहेको बताएका हुन्।

    ‘प्रदेशको एकल क्षेत्राधिकार भित्र पर्ने सहकारी, कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, वन जंगल, उद्योग र गुठी लगायतका कुराहरू संघीय सरकारले आफैं सञ्चालन गर्ने हो भने संघीयता धरापमा पार्ने षडयन्त्र भएको स्पष्ट देखिन्,’ यादवले भने। ठूलो बलिदानबाट प्राप्त भएको संघीयता धरापमा पार्ने अधिकार कसैलाई नभएको उल्लेख गर्दै यादवले संघीयता धरापमा पार्ने षडयन्त्र भए मुलुक संकटमा पर्न सक्ने चेतावनीसमेत दिएका थिए।

    मुलुकको विकास गर्नका लागि सबै भूगोललाई सन्तुलित र न्यायोचित रुपले अगाडि बढाउनुपर्ने उनको भनाइ थियो। पूर्व-पश्चिम राजमार्गभन्दा दक्षिणतिर पनि नेपाली नागरिकहरूको बसोबास भएको उल्लेख गर्दै यादवले ती ठाउँहरूमा विकास निर्माणका काम अन्त्यन्त न्यून मात्रामा भएको र कहिले पनि प्राथकितामा नपरेको बताए।

    नेपाललाई अल्पविकसित देशको सूचीबाट उकास्न तराई क्षेत्रमा कृषिको आधुनिकीकरण र हिमाली तथा पहाडी क्षेत्रमा सन्तुलित विकास नगरी सम्भव नुहने भएपनि नीति कार्यक्रममा यी कुनै पनि विषय नसमेटिएको उनको टिप्पणी थियो। सरकारको असफल कुटनीति र अकर्मण्यताका कारण लिपुलेक, सुस्ता लगायतका नेपाली भूमि भारतीय अतिक्रणमा परेको यादवको भनाइ थियो। कुटनीति पहलबाट वार्ता गरी सीमा समस्या समाधान गर्न पनि उनले सरकारलाई सुझाव दिएका थिए।

    जनस्तरमा राहत पुग्नेगरी स्वास्थ्य, शिक्षा, कृषि र उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने भएपनि सरकरले आफ्नो पार्टीका कार्यकर्ता र आसेपासेलाई पालनपोषणमा अल्मल्याउने गरी नीति तथा कार्यक्रम ल्याएको यादवले बताए। अध्यक्ष यादवले नीति तथा कार्यक्रममा पुर्नविचार गरेर परिमार्जन गर्न पनि आग्रह गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नेपाली कम्युनिस्ट पार्टीमा फर्किएर पुरानो घाउको महसुस

    काठमाडौं, कार्तिक २६  – मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि...

    प्रचण्डको दाबी: एमालेका नेताहरू चाँडै आफ्नो पार्टीमा आउने

    काठमाडौं, कार्तिक २६ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेकपा एमाले छोडेर सबै नेताहरू...

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...