News Portal

नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको मृत्यु

बाँकेको नरैनापुरस्थित क्वारन्टाइनमा ३९ जना रहेका छन्

हिमाली संचार संवाददाता
४१३ पटक
२०७७ जेठ ४ आइतबार

काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको हो ।

अधिकारीका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६:४० बजे उनको मृत्यु भएको अधिकारी जानकारी दिएको हो। 

यसअघि शनिवार सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको थियो। नरैनापुरमा शनिवार २ सय ६३ जनाको स्वाब सङ्कलन गरेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन्।

नेपालमा कुल मृतकको संख्या दुई पुगेको छ। स्वास्थ्यलाभ ३६ जनाले लिएर धर फर्केका छन्।  सङ्क्रमितको संख्या भने २ सय ९२ पुगेको छ।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...