News Portal

नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको मृत्यु

बाँकेको नरैनापुरस्थित क्वारन्टाइनमा ३९ जना रहेका छन्

हिमाली संचार संवाददाता
४५५ पटक
२०७७ जेठ ४ आइतबार

काठमाण्डौ। नेपालमा कोरोना भाइरसका कारण दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ। बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएको हो ।

अधिकारीका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । स्वासप्रश्वासमा समस्या आएपछि आइतबार विहान ६:४० बजे उनको मृत्यु भएको अधिकारी जानकारी दिएको हो। 

यसअघि शनिवार सिन्धुपाल्चोककी नौ दिनकी सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको थियो। नरैनापुरमा शनिवार २ सय ६३ जनाको स्वाब सङ्कलन गरेको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जनाएका छन्।

नेपालमा कुल मृतकको संख्या दुई पुगेको छ। स्वास्थ्यलाभ ३६ जनाले लिएर धर फर्केका छन्।  सङ्क्रमितको संख्या भने २ सय ९२ पुगेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...