News Portal

सुरक्षा पोस्टमा फेरि भारतीय समूहको आक्रमण

खाना खान गएको समयमा भारतीय नागरिकले अस्थायी पोस्ट भत्काइदिएका हुन्

हिमाली संचार संवाददाता
४३५ पटक
२०७७ जेठ ४, आइतबार

काठमाण्डौ। झापाको कचनकवल-१, घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भारतीय समूहले भत्काइदिएका छन् । शनिबार बेलुकी ८ बजेतिर आएका १ सय जना भन्दा बढीका समुहले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काएका हुन् ।

सशस्त्र बलका जवानहरु खाना खान गएको समयमा उक्त समूहले सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताए । ‘सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काइँदै थियो’, उनले भने, ‘एक राउन्ड हवाई फायरपछि उनीहरू भागेका थिए ।’

नेपाली भूमिमा मकैखेती लगाएका भारतीयले लकडाउनका कारण सरकारले सिमा सिल गरेपछि आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने रानामगरको भनाइ छ ।

कचनकवल वडा नं. १ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिए । उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी रहेको पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीयले पनि प्रतिकार गरेको वडाध्यक्ष यादवले बताए ।

घटनाबारे प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले धोर भर्त्सना, साथै सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरूबाट दोहोरिइरहेको आक्रमण गम्भीर रहेको उल्लेख गरेका छन् ।

यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थिए । प्रमुख जिल्ला अधिकारी रानामगरले घटनाबारे आइतवार बिहान भारतीय सुरक्षाकर्मीसँग छलफल हुने जनाकाकी दिएका छन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...