News Portal

मेलिना राईको स्वर र रोशन सिंहको लय शब्दमा “माइती” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
२२५४ पटक

राजु बोहरा/काठमाडौँ – नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिका तिज २०७५ आउन केही दिन मात्र बाँकी छ तर पनि यो पर्ब आउनु केहि महिना पूर्व नै तीज गीतहरु बजारमा छरपष्ट भैसकेका छन्  । यसै क्रममा केशु पुन र सुनीता गुरुङको तीज कोशेली “माईती” पनि बजारमा सार्बजनिक भएको छ ।

सर्जक तथा गायक रोशन सिंहको मौलिक शब्द तथा लयमा तयार भएको यस गीतमा सबैको प्रिय बन्न सफल बहुचर्चित गायिका मेलिना राईको सुमधुर स्वर सुन्न सकिन्छ । आधुनिक विधाकि गायिका मेलिना राई द्वारा स्वर बद्ध भएर पनि हुन सक्छ यो गीत यस बर्षको तीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

गीत रूद्रपुर,रुपन्देही पिपिरचापाको सेरोफेरोमा बनेको गीतको म्युजिक भिडियोमा गायिका एवम् मोडेल केशु पुनको निर्देशन रहेको छ । करन चैंसिरको छायांकन तथा रबी थापा (सप्तरंगी कलाकेन्द्र,सालझण्डी) को कोरियोग्राफी रहेको छ भने मनोज कार्कीले सम्पादन गरेका छन् । केशु पुन,खिलिना पुन र सुनीता गुरुङको सुन्दर अभिनय रहेको गीतलाई ग्यालेक्सी म्यूजिक प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ । हामी यस गित संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?time_continue=8&v=QnsXaeRmPFE

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...