आज : २०२६-०७-१२, आइतबार

हाम्रो मुटु एकै भए तिम्रो के नै जान्छ !

अन्धकार सुनसानमा तिमी लाई नै खोज्छु
बिहानिको उजेलिमा तिम्रो तस्बिर हेर्छु

मीठो बिगत संझदानै नयन रसाउछन
बर्तमानको कुरै छोडौ मुटु चिरा पर्छन

बाध्यताले आज हामी कोसौ दुर भयौ
संझनाका छाल हरुमा घरी-घरी रोयौ

बिधाताले किन यति जलाएको होला
दुई मुटु किन एकै नबनाएको होला

मन्दिर जाँदा देउता भेटे प्रश्न सोध्न मन छ
हाम्रो मुटु एकै भए तिम्रो के नै जान्छ
हाम्रो मुटु एकै भए तिम्रो के नै जान्छ।।

– परदेशी कृष्ण
झापा, हाल : कुवेत।