आज : २०२६-०७-१२, आइतबार

गजल – एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो !

श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो
एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो

सम्बन्धको गहिराई नाप्ने धागो चुंडिएपछि
दुखी भयो मान्छे जब फिता देख्न थाल्यो

करोडौंको भिडमा पनि एक टुहुरोझैँ भा’छ
माता बिर्सी मान्छे जब पिता देख्न थाल्यो

साँधसीमा सबै तोड्यो वासनाको दास बनी
लक्ष्मी छोडी मान्छे जब निता देख्न थाल्यो

आफैँसँग जिउँदो जीवन नदेखेरै मूर्दा भयो
विज्ञान भुली मान्छे जब गीता देख्न थाल्यो

श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो
एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो।।

– प्रथा