News Portal

गजल – एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो !

हिमाली संचार संवाददाता
८३९ पटक

श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो
एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो

सम्बन्धको गहिराई नाप्ने धागो चुंडिएपछि
दुखी भयो मान्छे जब फिता देख्न थाल्यो

करोडौंको भिडमा पनि एक टुहुरोझैँ भा’छ
माता बिर्सी मान्छे जब पिता देख्न थाल्यो

साँधसीमा सबै तोड्यो वासनाको दास बनी
लक्ष्मी छोडी मान्छे जब निता देख्न थाल्यो

आफैँसँग जिउँदो जीवन नदेखेरै मूर्दा भयो
विज्ञान भुली मान्छे जब गीता देख्न थाल्यो

श्रम त्यागी मान्छे जब सिता देख्न थाल्यो
एक्लै रोयो मान्छे जब चीता देख्न थाल्यो।।

– प्रथा

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...