News Portal

बेलायतबाट धरानमा रहेका सोदेलवासीलाई राहत सहयोग

हिमाली संचार संवाददाता
७३६ पटक
२०७७ जेठ २, शुक्रवार

धरान । धरान उपमहानगरपालिका धरान वडा नं.-११ कल्याण चोक स्थित स्थायी निवासी देवानसिंह राईको परिवार, धरान-१८ न्यूरोड स्थायी निवासी डा. योगेश राईले रु.७४,३२२।-व्यक्तिगत रुपमा आफ्ना गाउले सुङदेलबासीको लागि सुङदेलबाट विभिन्न कामका सिलसिलामा धरान उपमहानगरपालिका भित्र रहेका विधार्थी, वित्पन्न परिवार, गरिब तथा असहाय २१ धर परिवारका लागि बेलायतदेखि आफ्ना व्यक्तिगत खर्चबाट लकडाउनका कारण अप्ठ्यारो अवस्थामा परेका आफ्ना गाउलेहरुका लागि खाधन्न सामाग्री र गाउदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार्थ विरामीका लागि नगद समेत सहयोग गरेका छन्।

“हुनेबाट लिने, नहुनेलाई दिने” कार्यक्रम संचालन गरिरहेका सुङदेलका युवा धरान-११ पशुपति मार्ग स्थायी निवासी हाल सिङगापुर प्रहरीमा कार्यरत रोशन राईको विशेष पहल त्यस्तै, धरान-११ सायपत्री मार्ग स्थायी निवासी सोदेल समाजको सचिव लोकराज राईको समन्वयमा राहत सामाग्री साथै नगद समेत वितरण गरेका रोशन राईले जानकारी दिएको हो। 

युवा समाजसेवी रोशन राई स्वयम् आफै पनि लकडाउनका कारण हाजिरमा फर्कन नसकेको पनि राईले बताए। लकडाउनको समयमा अप्ठ्यारो अवस्थामा रहेका वित्पन्न परिवारका लागि आवश्यक सहयोग संकलन गरेर ‘हुनेबाट लिने, नहुनेलाई दिने’ यो कार्यक्रम अन्तरगत सहयोग दिनु हुने बेलायतमा रहनु हुने सहयोगदाता द्वय देवानसिंह राईको परिवार, डा. योगेश राई प्रति आभार प्रकट समेत गरेका छन्।  

त्यस्तै, लाहुरे राईले यो कार्यक्रमका लागि नामावली संकलन साथै सावारी साधनका लागि व्यावस्था गरेर सहयोग गर्नु हुने सोदेल समाजका सचिव लोकराज राईको विशेष सहयोग रहेको बताए ।  राईले लकडाउनको समयमा धरमा बसेर नेपाल सरकारले धोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउन सम्बन्धित सबैमा सामाजिकदूरी कायम गर्न समेत अनुरोध गरेका छन्। 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...