News Portal

गृहमन्त्रालयले पूर्वराजाको काठमाडौं जाने अनुमति खारेज गर्यो

हिमाली संचार संवाददाता
७४२ पटक
२०७७ जेठ १, बिहिवार

काठमाण्डौ। पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि पास सिफारिस गर्न झापा प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति मागे पनि प्रकृया नपुगेपछि गृहमन्त्रालयले खारेज गरेको छ।

बिहीबार पूर्वराजा शाहले काठमाडौं जाने पासका लागि निवेदन गरेका थिए। प्रशासनले पास जारी गरेपनि केही बेरमै गृहमन्त्रालयले प्रकृया नपुगेको भन्दै खारेज गरेको थियो।

‘उहाँले आज पासको लागि निवेदन गर्नुभएको थियो। हामीले जारी गरिदियौं तर केही बेरमा प्रकृया नपुगेको भन्दै गृहले खारेज गरेको हो,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘अहिले फेरि हामीले गृहसँग अनुमति लिदैँछौं।’

नोवेल कोरोना भाइरसका कारण मुलुकभर लकडाउन भएपछि पास जारी गर्न प्रशासन कार्यालयले गृहमन्त्रालयसँग अनुमति लिन पर्ने व्यवस्था छ। सोही अनुसार प्रकृया नपुगेपछि गृहले खारेज गरिदिएको थियो। प्रशासनले पुन: गृहसँग अनुमति लिन प्रकृया थालिसकेको उनले बताए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...