News Portal

बलराम पुनको तिजको कोसेली “तिज आयो” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
१३७५ पटक

राजु बोहरा/काठमाडौँ – जब बर्ष दिनको चाड तीज आउँछ, तब हरेक बिबाहित नारीहरुले आफ्नो माइती घर गएर आफ्ना बर्षदिन भरिको थकाई मेट्दै आमा बाबा दाजु भाई संगै रहेर यो पर्ब मनाउने सोचमा हुन्छन् ।  तर यहाँ एक चेलीलाई आफ्नो श्रीमानले तीज पर्ब मान्न माइती जान नदिएको भावमा एक गीत सार्बजनिक भएको छ । लोक भनेको समाज हो, र समाजको घटना परिघटनालाई केन्द्रित गर्दै कुनै पनि लोक तथा दोहोरी गीतहरु बजारमा आउने गर्दछन् ।

हो यस्तै सामाजिक यथार्थतालाई यति बेला कलाकार बलराम पुनले आफ्नै लय तथा शब्द सृजनामा तीज सांगीतिक कोसेली “तीज आयो” मार्फत छर्लंग उतारेका छन् । निरु श्रीष मगरको कर्णप्रिय स्वर लहरिले सजिएको यस गीतको म्युजिक भिडियोमा रिना थापा मगर, सपना ढेंगा, नरेन्द्र पुन, सिता भट्टराई, र संगीत रेशमी मगरको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुमन थापा मगरले गरेका हुन् भने छायांकन मनोज चौहान मगर र सम्पादन प्रबिण रेशमी मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=iuQjNPLoTwM&feature=youtu.be

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...