News Portal

राजधानीमा खोटाङगे जनतालाई राहत वितरण गर्दै सांसद भट्टराई

हिमाली संचार संवाददाता
४७२ पटक
२०७७ बैशाख २९, सोमवार

काठमाण्डौ। लकडाउनका कारण काठमाण्डौमा खाधन्न सामाग्रीका कारण अप्ठ्यारामा परेका खोटाङका सर्वसाधारण जनताका लागि प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले खाधन्न सामाग्री काठमाण्डौमा वितरण गरिरहेका छन् ।

सांसद भट्टराईले ‘हुनेबाट लिने र नहुनेलाई दिने’ अभियानअन्तर्गत लकडाउनमा परेर काठमाडौँमा बिचल्ली परेका खोटाङ्गे जनतालाई भोकै हुन नदिन उनीहरुको कोठामै राहत पुर्‍याएको सांसद भट्टराईले बताए । ‘लकडाउनका कारण कोही खोटाङ्गे जनता भोकै बस्नु पर्दैन’, उनले भने, “समस्या भयो भने मलाई यो नम्बर ९८५१०६०२८८ मा फोन गर्नुस् । म तपाईँको कोठामै राहत सामग्री लिएर आउने छु ।’

सांसद भट्टराईका अनुसार विभिन्न कामको सिलसिलामा जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्दै आएका जिल्लावासी कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनका कारण जिल्ला फर्कन नपाएर काठमाण्डौमा अलपत्र परेका जनताहरु  भोकै बस्न नपरोस् भन्दै सांसद भट्टराई खाद्यान्नसहित जनताको कोठामै पुगेर राहत सामग्री वितरण गरिरहेका हुन् ।

समाजिक संजालमा सक्रिय सांसद भट्टराई प्रचार प्रसार नगरी केही दिनदेखि काठमाडौँमा रहेका विद्यार्थी, मजदुर, अपाङ्ग र असहाय नागरिकलाई अभियानकै रुपमा राहत सङ्कलन गरेर वितरण गरिरहेको सांसद भट्टराईले बताए । आफूले प्रचारमुखी नभइ लकडाउनको मारमा परेका जिल्लावासीलाई थोरै भए पनि सहयोग गर्ने उद्देस्यले राहत वितरण गरेको सांसद भट्टराईको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...