News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • चीनको ग्वान्जाओदेखि स्वास्थ्य सामग्री बोकेका ट्रक नेपाल हिड्यो

    हिमाली संचार संवाददाता
    ३४४ पटक
    २०७७ बैशाख २७ शनिवार

    काठमाडौ। नेपाली सेनाले खरिद गरेका थप ९ सय क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको गोन्जाओदेखि नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३ सय क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक ग्वान्जाओ देखि नेपालतर्फ बाटो लागेको र अन्य ६ सय क्युबिक मिटर पनि टुंगो लागिसकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

    यसअघि वैशाख २२ गते १ सय क्युबिक मिटर र २४ गते १ सय ३० क्युबिक मिटर सामग्री बोकेका ट्रक ग्वान्जाओ देखि नेपालका लागि हिडेको हो । अत्यावश्यक स्वास्थ्य सामग्री हवाइमार्ग र बाँकी स्थलमार्ग हुदै ल्याउने भनिएपनि ग्वान्जाओ विमानस्थलमा स्वास्थ्य सामग्री ढुवानी गर्ने अरु देशको समेत चाप बढी हुँदा ढिलाइ भइरहेको छ।

    सेनाले ग्वान्जाओमा भीड बढी हुने भएपछि चाङ्सा विमानस्थलमा सामग्री जम्मा गरिदिन आग्रह गरेको थियो। तर सिनोमार्फाले ग्वान्जाओमा सामग्री संकलन गरिसकेकाले त्यहीँबाट ल्याउने प्रक्रिया अगाडि बढेको हो।

    ग्वान्जाओमा सामान ढुवानीकर्ता कम्पनीले वायरहाउस स्थापना गरिसकेको छ। ढुवानीकर्ता र सिनोफार्मा कम्पनीको समन्वयमा भन्सार प्रक्रिया सुरु गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको छ। ग्वान्जाओस्थित वायरहाउसमा स्वास्थ्य सामग्री संकलनको काम भइरहेको प्रवक्ता पाण्डेले बताए।

    भन्सार प्रमाणिकरणका लागि २५ गतेबाटै लेवलिङको काम शुरु भइसकेको छ। लेवलिङको काम सकिएपछि प्रमाणिकरण शुरू हुनेछ। भन्सार प्रक्रिया पूरा गर्न ५ दिनसम्म लाग्न सक्ने चीनले सेनालाई जानकारी गराएको छ। पहिलेभन्दा अप्रिल १० बाट चीनले भन्सारमा थप कडाइ गरेको छ। भन्सार प्रक्रिया चाँडो पूरा गरिदिन प्रधानसेनापति, बेइजिङस्थित सैनिक सहचारी र परराष्ट्र मन्त्रालयले चीनसँग आग्रह गरेका छन्।

    शनिबार र आइतबार सरकारी बिदा भएकाले भन्सार प्रमाणिकरणको काम रोकिएको छ। २९ गते सोमबारबाट भन्सारको काम पुनः सुचारु हुने सेनाले जनाएको छ। भन्सार प्रक्रिया सम्पन्न हुनासाथ नेपाल एयरलाइन्सबाट करिब ३७ टन स्वास्थ्य सामग्री नेपाल ल्याउने सेनाको तयारी छ। स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले दुई वटा उडान चार्टर गरिसकेको छ। तर भन्सार प्रक्रियामा ढिलाई हुँदा सामग्री ढुवानीका लागि जहाज कहिले पठाउने भन्ने टुंगो छैन।

    सरकारले गत चैत १६ गते नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो। सेनाले जीटूजी प्रक्रियामार्फत ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ। जसका लागि २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ तिरिसकेको छ। 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २५, २०८२ (जुन ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...