News Portal

चीनको ग्वान्जाओदेखि स्वास्थ्य सामग्री बोकेका ट्रक नेपाल हिड्यो

हिमाली संचार संवाददाता
४३० पटक
२०७७ बैशाख २७ शनिवार

काठमाडौ। नेपाली सेनाले खरिद गरेका थप ९ सय क्युविक मिटर स्वास्थ्य सामग्री बोकेका ट्रक चीनको गोन्जाओदेखि नेपालतर्फ प्रस्थान गरेका छन्। शुक्रबार ३ सय क्युबिक मिटर सामग्रीका कन्टेरनर बोकेका ट्रक ग्वान्जाओ देखि नेपालतर्फ बाटो लागेको र अन्य ६ सय क्युबिक मिटर पनि टुंगो लागिसकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।

यसअघि वैशाख २२ गते १ सय क्युबिक मिटर र २४ गते १ सय ३० क्युबिक मिटर सामग्री बोकेका ट्रक ग्वान्जाओ देखि नेपालका लागि हिडेको हो । अत्यावश्यक स्वास्थ्य सामग्री हवाइमार्ग र बाँकी स्थलमार्ग हुदै ल्याउने भनिएपनि ग्वान्जाओ विमानस्थलमा स्वास्थ्य सामग्री ढुवानी गर्ने अरु देशको समेत चाप बढी हुँदा ढिलाइ भइरहेको छ।

सेनाले ग्वान्जाओमा भीड बढी हुने भएपछि चाङ्सा विमानस्थलमा सामग्री जम्मा गरिदिन आग्रह गरेको थियो। तर सिनोमार्फाले ग्वान्जाओमा सामग्री संकलन गरिसकेकाले त्यहीँबाट ल्याउने प्रक्रिया अगाडि बढेको हो।

ग्वान्जाओमा सामान ढुवानीकर्ता कम्पनीले वायरहाउस स्थापना गरिसकेको छ। ढुवानीकर्ता र सिनोफार्मा कम्पनीको समन्वयमा भन्सार प्रक्रिया सुरु गर्न आवश्यक कागजात मिलाउने काम भइरहेको छ। ग्वान्जाओस्थित वायरहाउसमा स्वास्थ्य सामग्री संकलनको काम भइरहेको प्रवक्ता पाण्डेले बताए।

भन्सार प्रमाणिकरणका लागि २५ गतेबाटै लेवलिङको काम शुरु भइसकेको छ। लेवलिङको काम सकिएपछि प्रमाणिकरण शुरू हुनेछ। भन्सार प्रक्रिया पूरा गर्न ५ दिनसम्म लाग्न सक्ने चीनले सेनालाई जानकारी गराएको छ। पहिलेभन्दा अप्रिल १० बाट चीनले भन्सारमा थप कडाइ गरेको छ। भन्सार प्रक्रिया चाँडो पूरा गरिदिन प्रधानसेनापति, बेइजिङस्थित सैनिक सहचारी र परराष्ट्र मन्त्रालयले चीनसँग आग्रह गरेका छन्।

शनिबार र आइतबार सरकारी बिदा भएकाले भन्सार प्रमाणिकरणको काम रोकिएको छ। २९ गते सोमबारबाट भन्सारको काम पुनः सुचारु हुने सेनाले जनाएको छ। भन्सार प्रक्रिया सम्पन्न हुनासाथ नेपाल एयरलाइन्सबाट करिब ३७ टन स्वास्थ्य सामग्री नेपाल ल्याउने सेनाको तयारी छ। स्वास्थ्य सामग्री ढुवानीका लागि सेनाले दुई वटा उडान चार्टर गरिसकेको छ। तर भन्सार प्रक्रियामा ढिलाई हुँदा सामग्री ढुवानीका लागि जहाज कहिले पठाउने भन्ने टुंगो छैन।

सरकारले गत चैत १६ गते नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो। सेनाले जीटूजी प्रक्रियामार्फत ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको छ। जसका लागि २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ तिरिसकेको छ। 

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...