News Portal

  • अस्ट्रेलिया सरकारले लकडाउन खुकुलो बनाउने योजना

    हिमाली संचार संवाददाता
    ४६५ पटक

    अस्ट्रेलिया — कोरोना भाइरस (कोभिड १९) संक्रमण न्यूनिकरणका लागि अस्ट्रेलिया सरकारले लगाएको प्रतिबन्धहरु खुकुलो बनाइने भएको छ ।

    शुक्रबार मन्त्रिपरिषद्‌को छलफलपछि प्रधानमन्त्री स्कट मरिसनले ३ चरणमा प्रतिबन्धलाई खुकुलो पारिने योजना सार्वजनिक गरेका हुन् । उनका अनुसार पहिलो चरणमा क्याफे, रेस्टुरेन्ट, पार्क, क्याम्प लगायत खुल्ला गर्ने निर्णय भएको छ ।

    अस्ट्रेलियाले आंशिक लकडाउनमात्र गरेको भए पनि आर्थिक रुपमा ठूलो क्षति बेहोरेपछि जुलाईको अन्त्यसम्ममा आर्थिक गतिविधिलाई पूर्ण रुपले सञ्चालनमा ल्याइने योजनासहित तीन तहको योजना सार्वजनिक गरेका हुन् ।

    पहिलो योजनाअन्तर्गत पारिवारिक भेटघाटका लागि ५ जनासम्म भेला हुन पाउने भएका छन् भने बाहिरी क्रियाकलापका लागि १० जनासम्म भेला हुन पाउने छन् । यस पहिले परिवारमा अन्य परिवारका सदस्य १ जनामात्र भेला हुन पाउने नियम थियो भने बाहिरी क्षेत्रमा समूहमा भेला हुन प्रतिबन्ध लगाइएको थियो । अहिलेसम्म टेक अवेमा सीमित रेस्टुरेन्ट तथा क्याफेमा समेत १० जनासम्म सामाजिक दूरी कायम राखेर मात्र खाना खान पाउने छन् । यसका साथै विवाह र मृत्यु संस्कारमा सहभागी हुन पाउने व्यक्तिहरुको संख्यामा समेत वृद्धि गरिएको छ ।

    केन्द्रीय सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेपनि स्थानीय तहमा लागू गर्ने निर्णय यहाँका ६ राज्य तथा दुई टेरिटोरी सरकारमा केन्द्रित हुनेछ । सरकारले शुक्रबार ल्याएको योजनालाई सम्पूर्ण राज्य तथा टेरिटोरीका अधिकारीका साथै विज्ञले सकारात्मक भनेको सञ्चारमाध्यमले जनाएका छन् ।

    कोरोना भाइरस संक्रमित करिब ९० प्रतिशत निको भइसकेका र नयाँ संक्रमितको संख्यासमेत उल्लेख्य रुपमा कम भएकाले सरकारले यो निर्णय लिएको विश्‍लेषण गरिएको छ ।

    दोस्रो योजनामा २० जनासम्मलाई भेला हुन दिइने, जीम, चलचित्र भवन, ब्युटी पार्लर लगायतका व्यवसाय खुल्ला गरिने भएको छ । यहाँका प्रमुख स्वास्थ्य अधिकृत डा. ब्रेण्डन मर्फीले यो चरणमा अधिकांश व्यवसाय खुल्ला हुने भए पनि सामाजिक दूरी लगायतका नियमलाई भने पालना गरिनुपर्ने बताएका छन् । दोस्रो चरणमा विवाहमा २० जनासम्म सहभागी हुन पाउने र मरिमराऊमा ५० जनासम्म भेला हुन पाउनेछन् ।

    तेस्रो चरणमा अस्ट्रेलियाको जनजीवन सामान्य हुने प्रधानमन्त्री मरिसनले विश्वास लिएका छन् ।‘आज हामीले अर्थतन्त्र र समाजलाई खुल्ला गर्नका लागि स्पस्ट मापदण्ड ल्याएका छौं, जसले यहाँ जनजीवन र अर्थतन्त्रलाई मजबुत बनाउनेछ’मरिसनले शुक्रबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा भनेका छन् । उनले यदि भाइरस संक्रमण बढेको खण्डमा सरकारले थप योजना सार्वजनिक गर्ने समेत बताएका छन् ।

    केन्द्रीय सरकारको घोषणापछि यहाँका राज्य सरकारले समेत यो योजनालाई तत्कालै लागू गर्ने बताएका छन् । दक्षिण अस्ट्रेलिया, क्युन्सल्यान्ड, पश्चिम अस्ट्रेलिया, एसिटी लगायतका राज्यले अबको एक सातादेखि सरकारले अघि सारेको पहिलो चरणको योजनालाई लागू गरिने बताएका छन् । भाइरसको संक्रमणबाट धेरै पीडित रहेका न्यु साउथ वेल्स र भिक्टोरिया राज्यले भने सरकारको योजनालाई तत्कालै लागू नगर्ने संकेत गरेका छन् । उक्त राज्यका अधिकारीले संक्रमणको अवस्थालाई मध्यनजर गरेर कसरी प्रतिबन्धलाई खुकुलो पार्न सकिन्छ भन्ने निर्णय गरिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय विद्यार्थीमाथिको प्रतिबन्ध दुई महिनापछि खुल्ने

    अस्ट्रेलियाले अबको दुई महिनापछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई आउन दिने भएको छ । समाचारहरुमा जनाइएअनुसार जुलाईदेखि विभिन्न देशमा रहेका अन्तर्रास्ट्रिय विद्यार्थीलाई आउन लगाइएको प्रतिबन्ध खुला गरिने भएको हो । प्रधानमन्त्री मरिसनले सरकारले सम्बन्धित क्षेत्रसँग सरसल्लाह गरेर यसलाई कसरी सुचारु गर्न सकिन्छ भनेर निर्णय लिइने बताएका छन् ।

    अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसका कारण ९७ जनाले ज्यान गुमाएका छन् भने ६ हजार ८ सय ९६ जना संक्रमित छन् । जसमध्ये ६ हजार ३५ जना निको भइसकेका छन् । स्वास्थ्य विभागको तथ्यांकअनुसार विगत २४ घण्टामा जम्मा २२ जना नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म ७ लाख २२ हजार ५ सयमा परीक्षण गरिसकिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...