News Portal

गजल – आजकलका नेताहरु यस्तै हुन्छन्

हिमाली संचार संवाददाता
५९१ पटक

जसको सत्ता आए पनि अत्याचार हुन्छ अचेल,
गरीब निमुखालाई महङ्गीको भार हुन्छ अचेल।

बिकास बजेट त आफ्नालाई पढाउदैमा ठिक्क,
नेताको यस्तै-यस्तै चालाले दिग्दार हुन्छ अचेल।

हिजोअस्ती सम्म गाउँमा चप्पल नलाको नेताको,
शहर छिरेपछि हेर्नुस् महँगो कार हुन्छ अचेल।

सोझा सिधा जनतालाई त झुक्याएर चुनाबमा,
उनिहरु बस्ने ठुला-ठुला दरबार हुन्छ अचेल।

बलात्कारी र घुसखोरीलाई बचाउनको निम्ति,
आफ्नै मान्छेहरुबाट नै काटमार हुन्छ अचेल।।

दुर्गा श्रेष्ठ
सिन्धुपाल्चोक।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...