News Portal

बाराको दसगजा क्षेत्रमा किन झडप ?दुवै देशका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा गरे

हिमाली संचार संवाददाता
४९० पटक

बारा -भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले नेपाली नागरिकमाथि हातपात गरेपछि बाराको सीमा क्षेत्रमा झडप भएको छ । सीमा क्षेत्रमा सुरक्षार्थ खटिएका एसएसबीका जवानले विश्रामपुर गाउँपालिका–४ का स्थानीय वासिन्दालाई सोमबार हातपात गरेपछि मंगलबार भएको हो ।

यद्यपि, मंगलबार दिनभरको प्रयासपछि विवाद साम्य भएको छ ।  सोही विषयलाई लिएर दुवैतर्फका बासिन्दासमेत सीमा क्षेत्रमा जम्मा भई झडपमा उत्रिएका थिए । सो क्रममा १०/१२ जना घाइते भएको विश्रामपुर गाउँपालिकाका मेयर अमिरीलाल राउतले रातोपाटीलाई जानकारी दिए । ‘दुवैतर्फ गरी १०/१२ जना सामान्य घाइते भएको सुनेको छु,’ उनले भने, ‘लकडाउनको समय छ, भिडभाडमा निस्कने कुरा पनि भएन, प्रहरीले घटना साम्य भइसक्यो भन्ने जानकारी दिएको छ ।’

उनका अनुसार दुवै देशका सुरक्षा अधिकारी घटनास्थलमा पुगेर आ–आफ्ना देशका नागरिकलाई सम्झाउँदै स्थिति नियन्त्रणमा लिएका हुन् । लकडाउनको समयमा सीमा क्षेत्रमा आवतजावत कडाइ भएपछि तस्करहरुलाई उकासेर झडप हुने गरेको बताइन्छ । घटनास्थलमा पुगेको प्रहरी स्रोतले जनाएअनुसार नेपालबाट भारततिर मदिरा ओसार्ने र भारततिरबाट नेपालतर्फ विभिन्न उपभोग्य वस्तु ओसार्ने समूहले केही दिनदेखि सो क्षेत्रमा अस्थिरता मच्चाउन खोजेको छ ।

‘उता.(भारत)का एकजनाले यता (नेपाल)का एक जनालाई तरकारी दिन्छु आइज भनेर बोलाएको भन्ने कुरा आयो’ प्रहरी स्रोतले भन्यो, ‘लकडाउनको समयमा सीमामा आवतजावत बन्द गरिएका कारण नेपालतिरबाट ती मान्छे उता जानेबित्तिकै एसएसबीले रोक्न खोज्दा भनाभन भएपछि सामान्य बल प्रयोग गरेर फर्काएको भन्ने कुरा आयो ।’

सोही घटनालाई लिएर मंगलबार बिहानैदेखि सीमा क्षेत्रमा तनाव भएको ती प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ । सामान्य विवाद भए पनि कोरोना संक्रमणका कारण सर्वत्र सन्त्रास भएको समयमा यस्ता घुसपैठले अनेक आशंका हुने भएपछि दुवैतर्फका स्थानीयबासी नै आपसमा झडपमा उत्रिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...