News Portal

बाँकेमा विशेषज्ञ टोली परिचालन गर्न नेपाली कांग्रेसको माग

हिमाली संचार संवाददाता
५५७ पटक
२०७७ वैशाख २३, मंगलबार

काठमाडौँ – बाँकेमा एकैदिन १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि कांग्रेसले परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्तिमार्फत बाँके क्षेत्रलाई उच्च सतर्कताका साथ लिन आग्रह गर्दै यथेष्ट स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गरेका छन्।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेरै बाँके जिल्लामा विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्न आग्रह गरेका हुन्।

‘संक्रमितहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुन सक्ने भएकाले उनीहरूको तत्काल खोजी गरी परीक्षण गर्न र थप संक्रमण फैलिन नदिन आग्रह गर्छु’ खाँणले भनेका छन्।

रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको उल्लेख गर्दै खाँणले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन पनि आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...