News Portal

=== गजल ===

हिमाली संचार संवाददाता
६७१ पटक

घटना घटित हुन समय लाग्दैन
वर्तमान अतीत हुन समय लाग्दैन

आएर आँखामा जो बस्दछन् सजिलै
त्यति नै पतित हुन समय लाग्दैन

गर्दछ जस्ले केवल नाटक र अभिनय
त्यो यहाँ चर्चित हुन समय लाग्दैन

लेखिदै गरुन् जतिनै कंशका कथा
अन्तत: दण्डित हुन समय लाग्दैन

कसैको निम्ति गरिदिंदा स्नेहअर्पण
हृदय हर्षित हुन समय लाग्दैन।।

– खगेन्द्र गिरि “कोपिला”
नेपालगन्ज – १, बाँके

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...