आज : २०२६-०७-११, शनिबार

=== गजल ===

घटना घटित हुन समय लाग्दैन
वर्तमान अतीत हुन समय लाग्दैन

आएर आँखामा जो बस्दछन् सजिलै
त्यति नै पतित हुन समय लाग्दैन

गर्दछ जस्ले केवल नाटक र अभिनय
त्यो यहाँ चर्चित हुन समय लाग्दैन

लेखिदै गरुन् जतिनै कंशका कथा
अन्तत: दण्डित हुन समय लाग्दैन

कसैको निम्ति गरिदिंदा स्नेहअर्पण
हृदय हर्षित हुन समय लाग्दैन।।

– खगेन्द्र गिरि “कोपिला”
नेपालगन्ज – १, बाँके