News Portal

मन्त्रीको बाचा पुरा भएन, रोपाइँका लागि तयार छ सडक

हिमाली संचार संवाददाता
७४९ पटक

काठमाडौं – बिमिस्टेक सम्मेलनका लागि सदस्य राष्ट्रका पाहुनाहरु काठमाडौं आउन थालिसके । मंगलबार म्यानमारका राष्ट्रपति आए भने बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका पाहुनाहरु आउनेछन् ।

सरकारले राष्ट्र तथा सरकार प्रमुखहरुलाई गोकर्ण रिसोर्टमा रिट्रिट राखेको छ भने चन्द्रगिरीमा पनि घुमाउने योजना छ । त्यसका लागि आजसम्ममा कलंकी-थानकोट र चवहिल-जोरपाटी-साँखु सडक कालोपत्र गरिसक्नु पर्ने थियो ।

भौतिक पूर्वाधार तथा यातायात रघुवीर महासेठले दुबै सडकको स्थलगत अनुगमन गर्दै त्यही घोषणा गरेका थिए । १२ गतेसम्म कोलोपत्र हुने उनको दाबी थियो ।

तर, मन्त्रीको बाचा पुरा भएन । मंगलबार कलंकी थानकोट सडकमा जाँदा कतै हिलो त कतै ठूलठूला खाल्डा थिए । ‘मन्त्रीज्यूले भनेको सुन्दा नै विश्वास लागेको थिएन । पुरा गर्नु भएन भन्ने पनि गुनासो छैन’ सतुंगलका रोशन महर्जन भन्छन्

मन्त्रीज्यूलाई भेट्नुभयो भने सुनाइदिनुस् भन्दै उनले भने, ‘एकै पटक पिच नगर्ने हो भने खाल्डा पुरेर मात्र हुँदैन । यसरी सरकरी ढुकुटी सत्यानाश नगरौं ।’

मन्त्रीले १२ गतेसम्म जसरी पनि खाल्डा पुर्नु भनेपछि सडक विभागले माटो हालेको रहेछ ।

तर, सडकको अवस्था सुधि्रएन, झन विगि्रएको छ । रातभर माटो मिसिएको गिट्टी ल्याएर हाल्ने र भोलिपल्ट पानी पर्नासाथ बगाएर लैजाने समस्या दोहोरिरहेको छ । अहिले सडक रोपाइको लागि तयार गरिएको खेत जस्तै छ ।

गतिलोसँग काम नगर्दा सडक नै खेत जस्तो भएको ढुंगेअड्डाकी सविता नापित बताउँछिन् । ‘खाल्डा नपुर्दा गाडी चल्न सक्दैन । खाल्डामा माटो हाल्दा खेत जस्तो हुन्छ’ उनी भन्छिन्, ‘खाल्डा पुर्ने काम पनि झारो टारेजस्तो भयो ।’

स्थानीयका अनुसार झरिकै बीचमा सतुंगलको एउटा अप्ठ्यारो खण्डमा पिच पनि गरिएको थियो । तर, तीन दिन पनि नटिकेपछि फेरि माटो ल्याएर हालिएको छ ।
स्थानीय सुरेन्द्र सापकोटा भन्छन्, ‘यो मध्यबषर्ामा जति काम गरेपनि के अर्थ छ र ? यो समस्या आउन नदिने त वषर्ा लाग्नुअघि नै काम गरिसक्नुपथ्र्यो ।’

तर, जे भएपनि बिमिस्टेक सम्मेलन सुरु हुने अघिल्लो दिनसम्म पनि सडक न कालोपत्र भयो न खोल्डाखुली रहित् ।

अब विमिस्टेकमा आउने पाहुनाहरु मध्ये कसैले चन्द्रागिरी जान्छु भन्यो भने सरकारलाई आपत ! ढुंगेअड्डाकी सविताले सुझाएकी छन्, ‘चन्द्रगिरी जाने पाहुनालाई भनौं, यो सडकमा खाल्डा बनेको होइन, हामीले खाल्डामै सडक बनाएका हौं ।’

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...