News Portal

  • धरान प्रवेश गर्ने सबै नाकामा सुरक्षाकर्मी, थर्मलगनसहितको स्वास्थ्यकर्मी खटाइने

    हिमाली संचार संवाददाता
    ४०० पटक
    ०६ बैशाख, २०७७

    धरान : धरान प्रवेश गर्ने सबै नाकाहरुमा अब सुरक्षाकर्मीसंगै ज्वरो नाप्ने थर्मलगन सहितको स्वास्थ्यकर्मी समेत परिचालन गरिने भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको हुदा अन्य पालिकाहरुबाट बिरामीहरू ल्याइने हुँदा, अन्य पालिकाहरू भन्दा कोरोनाको उच्च जोखिम भएको हुँदा धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षाकर्मी सहितको स्वास्थ्यकर्मी पनि खटाइने भएको हो।

    धरान प्रवेश गर्ने सबै नाकाहरुमा स्वास्थ्यकर्मी खटाउने विषयमा धरान उपमहानगरपालिकाले संघीय सांसद, प्रदेशसभाका सभासद् सहित संधीय तथा प्रदेश सभाका सांसदहरूलाई लकडाउन अवधिभरिको कामको विषयमा छलफल भएको थियो।

    धरान उपमहानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि गरिरहेको प्रयास, राहत वितरण तथा संकलन, लकडाउन र सुरक्षा सेवाको बारेमा प्रदेश सरकारलाई बुझाएकोमा सोही जानकारी सांसदहरूलाई गराएको हो।

    धरानमा लकडाउनको समयमा पनि धरान बाहिरबाट मानिसहरूको आउजाउ हुने भएकोले धरान प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षाकर्मीसंगै स्वास्थ्यकर्मी पनि परिचालन गरी ज्वरो नाप्ने थर्मलगनले प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्रै धरान प्रवेश गर्न दिने भएको छ। 

    धरानमा थर्मलगन नभएकोले स्वास्थ्य मन्त्रालयबाट आपूर्ति अनुरोध गर्ने गरी छलफल भएको प्रतिनिधिसभाका सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन्।

    लकडाउनको बेलामा अत्यावश्यक बस्तु खाद्यान्न, तरकारी र दूधको गाडीलाई निर्बाध हिड्न दिने, धरानमा भइरहेको राहत वितरणको पहिलो चरण सकिएको छ। दोस्रो चरणको राहतलाई कसरी व्यवस्थापन गर्ने ?

    राहतलाई सहज बनाउनका लागि धरान उपमहानगरपालिकामा आएको सामाजिक विकास सम्बन्धीको बजेटलाई रकमान्तर गर्ने र यदि यसो गर्दा पनि अपुग भएमा प्रदेश सरकार र संधीय सरकारसँग पनि सहयोगका लागि अनुरोध गर्ने छलफल भएको छ।

    धरानमा लकडाउनको समयावधिमा धरान उपमहानगरपालिका र प्रहरीबिचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने अवस्था देखिएका हुदा प्रमुख जिल्ला अधिकारी सहितको बैठक बस्ने पनि छलफल भएको छ।

    धरानका राहत वितरणका सम्बन्धमा सांसद मीन विश्वकर्माका अनुसार धरान उपमहानगरको २५ लाख राहतकोषसँगै विभिन्न संधसंस्था, सर्वसाधरणहरुको नगद तथा जिन्सी सहयोग कोषमा करिब ६० लाख पुगेको जानकारी दिएको छ। धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सबै सभासदहरुलाई विपतको बेलामा सहयोग गर्न आग्रह गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...