आज : २०२६-०७-११, शनिबार

राधा भट्टराईका मनै छुने तीन मुक्तक

मुक्तक – १

साँच्चै ! आँसुले आँखा चोख्याएर जानेको माया लाग्छ
सालनाल गाडेको माटो जोगाएर जानेको माया लाग्छ
सधैं निसास्न्छि विचलित हुन्छ मन उसैको सम्झनामा
कसम ! संग्लो मुटु चोइट्याएर जानेको माया लाग्छ

मुक्तक – २

उनका कुरा जति सुनेपनि त्यहाँ थकाई थिएन
आकाश जस्तो उध्रिएको हँसाईमा छलाई थिएन
मुहारमा उही सौम्य शालीनता गहिरो भाव थियो
स्वतन्त्र थिए शब्दहरु त्यहाँ कुनै फकाई थिएन

मुक्तक – ३

जसरी देउरालीमा पीपल बर संगै भेटिन्छन्
त्यसैगरी कल्पना अनि सहर संगै भेटिन्छन्
फूलसंग दाँजेर जब कोही प्रशंसा गर्छन भने
यस्तो लाग्छ प्रशंसक र भ्रमर संगै भेटिन्छन्।।

राधा भट्टराई
ईटहरी – ४, सुनसरी