News Portal

थाहा पाउनुहोस् विभिन्न आसनमा सुत्ने मानिसको स्वभाव !

हिमाली संचार संवाददाता
६३३ पटक
चैत ३०, २०७६ आइतबार

काठमाडौं – पूर्वीय सभ्यतामा यस्ता शास्त्र एवं पुराणहरूको रचना गरिएको छ, जसको आधारमा कुनै पनि व्यक्तिको स्वभाव एवं भविष्य बताउन सकिन्छ। त्यस्तै शास्त्रहरूमध्ये एक हो-सामुन्द्रिक शास्त्र।

समुद्र नामक ऋषिले लेखेका कारण यसको नाम सामुन्द्रिक शास्त्र वा समुद्र शास्त्र उनकै नामबाट रहन गएको हो। यो शास्त्रका अनुसार मानव शरीरका हरेक अंगले उसको स्वभावका विषयमा केही न केही जानकारी दिइरहेको हुन्छ।

मानिसको बोली, हिँडाइ, शरीररको हाउभाउ आदिबाट उसको स्वभाव कसरी थाहा पाउन सकिन्छ भन्ने विषयमा सामुन्द्रिक शास्त्रले गहन अध्ययन गरेर निष्कर्ष दिएको पाइन्छ।

यसमा शारीरिक बनावटका आधारमा मानिसको स्वभाव एवं भविष्य कसरी पत्ता लगाउन सकिन्छ भन्ने  कुरा लेखिएको छ। यो पुस्तक अहिले आफ्नो मूल स्वरूपमा उपलब्ध हैन तर भविष्य पुराण तथा गरुड पुराण एवं अन्य शास्त्रहरूमा यसको उल्लेख पाइन्छ।

समुद्र शास्त्रमा मानिसको सुत्ने तरिकाबाट उसको स्वभाव जान्न सकिने कुरा समेत बताइएको छ। जस्तो कि शरीरलाई खुम्च्याएर वा दोब्रो परेर सुत्ने मानिस डरपोक हुन्छन् भन्ने कुरा यसै शास्त्रले बताएको छ।

सामुन्द्रिक शास्त्रअनुसार कसरी सुत्ने मानिसको स्वभाव कस्तो हुन्छ हेरौँ:

घोप्टो परेर सुत्ने !

यसरी सुत्ने व्यक्ति कुनै पनि प्रकारको जोखिम मोल्न नचाहने स्वभावका हुन्छन्। उनीहरू कसैसँग मित्रता गाँस्नुअघि निकै सोचविचार गर्छन् र सजिलै वा सितिमिति कसैप्रति विश्वास गर्दैनन्।

हातगोडा फैलाएर सुत्ने !

दुवै हातगोडा फैलाएर उत्तानो परी सुत्ने व्यक्तिहरू स्वतन्त्र रहन रुचाउने स्वभावका हुन्छ। कसैको बन्धनमा बाँधिएर बस्न रुचाउँदैनन्। उनीहरू भोगविलासपूर्ण जीवन मन पराउने खालका हुन्छन् भने सुन्दरताप्रति पनि छिट्टै आकषिर्त हुन्छन्।

कोल्टो फर्केर सुत्ने !

यसरी सुत्ने व्यक्ति मीठो खान तथा सरसफाइ गरेर सफासुग्घर भई बस्न रुचाउने स्वभावका हुन्छन्। उनीहरू आदर्श जीवन बाँच्न मन पराउँछन्। यस्ता व्यक्ति सजिलैसँग कुनै पनि वातावरणमा घुलमिल हुन सक्छन्।

सुत्नुअघि गोडा हल्लाउने !

कतिपय मानिसमा सुत्नुअघि गोडा हल्लाउने बानी हुन्छ र यस्तो बानीलाई अलच्छिनी मानिन्छ। यस्ता व्यक्तिलाई सदैव कुनै न कुनै चिन्ताले सताइरहन्छ। बढी चिन्ता गर्ने बानीले उनीहरूमा थप जटिल समस्या वा विकारसमेत उत्पन्न हुने सम्भावना बढ्छ।

गोडा कसेर सुत्ने !

दुवै गोडा जोल्ठ्याई कसेर तथा पूरै शरीर ओढ्नेले छोपेर सुत्ने मानिसको जीवन संघर्षपूर्ण हुन्छ। उनीहरूले जीवनमा ठूलो संघर्ष गर्नुपर्ने हुन्छ। यद्यपि उनीहरूमा पनि परिस्थितिअनुरूप आफूलाई ढाल्न सक्ने खुबी वा महत्वपूर्ण विशेषता हुन्छ। उनीहरू जो कसैसँग सहजै घुलमिल गर्नसक्छन्।

शरीर खुम्च्याएर सुत्ने !

यसरी सुत्ने मानिस डरछेरुवा हुन्छन्। उनीहरूको मनमा असुरक्षाको भावना हुन्छ। उनीहरू अव्यावहारिक हुन्छन् र अपरिचित मानिसहरूसँग कुरा गर्न रुचाउँदैनन्। उनीहरू सामान्यतः एक्लै बस्न मन पराउँछन्। यस्ता व्यक्तिलाई लागुपदार्थको लत लाग्ने सम्भावना सबैभन्दा बढी हुन्छ।

उत्तानो सुत्ने !

सीधा वा उत्तानो परेर सजिलोसँग निदाउन सकिन्छ भने त्यो शुभ लक्षण हो। यसरी सुत्ने व्यक्ति आत्मविश्वासी हुन्छन्। उनीहरू व्यक्तित्व पनि आकर्षक हुन्छ अर्थात् उनीहरू आकर्षक व्यक्तित्वका धनी हुन्छन्। तुरुन्तै समस्याको समाधान गर्नसक्ने हुन्छन्। यस्तो स्वभावका कारण उनीहरू परिवार, साथी, नातेदार एवं समाजमा लोकप्रिय हुन्छन्।
(अनलाइनखबरको सहयोगमा तयार)

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...