News Portal

समाजसेवी बस्नेतद्वारा ७९ हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण

रबिन्द्र बराल
५०६ पटक
चैत्र २० विहिबार

मोरङ । विश्वभर काेराना भाइरसकाे महामारी फैलिएको अवस्थामा सरकारले पनि मुलुकभर लकडाउन धोषणा गरेको छ। यस्तो अबस्थामा रतुवामाई नगरपालिकाको सामजसेवी बलवाहदुर बस्नेतले खाध सामाग्री  हस्तान्तरण गरेका छन्।

नेपाल सरकारले लगाएको लकडाउनका कारण दैनिक ज्याला मजदूरीमा दैनिक काम गरेर परिवार पालिरहेका आम मजदुरका लागि यतिबेला ठुलै आपत आईलागेको छ। काम गर्न जाउँ लकडाउन उलंघन हुने र सजायको भागीदार बन्नुपर्ने, नजाउँ परिवारको प्राण नरहने, यस्तो कठीन परिस्थितिमा संकटबाट बच्नका लागि समाजसेवी बस्नेतले खाध सामग्री हस्तान्तरण गरेका हुन।

रतुवामाई ५  घरभइ हाल बिराटनगर बसाेवास गर्दे आएका सामजसेवी बलवाहदुर बस्नेतले गाउँ घरमा रहेका गरीब परिवारहरुका लागि केही राहत हाेस भन्ने उदेश्य आफुले कमाई गरेको आमदनीबाट सञ्चित गरेर राखेको रकमबाट खाध सामाग्री हस्तान्तरण गरेका छन।

बस्नेतले २५ मन चामल, २५ कार्टुन साबुन, १ हजार थान सर्जिकल मास्क, जनचेतना मुलक पर्चा र १ सय थान ग्लोब राहात कोषमा जम्मा हुनेगरी हस्तान्तरण गरेका हुन। खाधन्न तथा जिन्सीको लागत ७९ हजार बराबरको रहेको बस्नेतले बताए।

कार्यक्रममा रतुवामाई नगर प्रमुख रबिन राईले  समाजसेवी बस्नेतको उच्च मुल्यांकन गर्दै वहाँको निरन्तर समाजसेवा प्रतिको लगाव अत्यन्तै प्रशंसनीय काम गरेको समेत बताए। कार्यक्रममा सिता देवि खत्री (बस्नेत) रमा अधिकारी (राई) इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...