आज : २०२६-०६-२७, शनिबार

<<<< चुप >>>>

केटाकेटी साह्रै रोए भन्छौ हामी चुप,
दुस्मनसंग झगडा परे भन्छौ हामी चुप।

मायाले त कस्ले भन्छ बढि हैन चुप,
कन्सिरिको पारो ताते सायद भन्लान चुप।

भ्रष्टाचार बढेको छ उता पनि चुप,
कालोबजारी बढेको छ उतै पनि चुप।

माफियाले देश सके उतै पनि चुप,
ब्यपारीले मूल्य बढाए त्यतै पनि चुप।

के गर्दैछ दुई तिहाई सरकार सबैतिर चुप,
हदै भयो अब के गर्ने तै चुप मै चुप ।।

परदेशी कृष्ण
झापा, हाल : कुवेत