News Portal

सुदुरपश्चिम प्रदेशकि मन्त्री भट्टले कर्मचारीसँग गरिन् यस्तो अस्वभाविक हर्कत

हिमाली संचार संवाददाता
४५६ पटक

कैलाली ०९, २०७६ चैत : सुदूरपश्चिम प्रदेश सरकारकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले मन्त्रालयका सचिव डा.दीपक कुमार खरालसँग अस्वभाविक कर्तुत गरेको पाइएको छ।

मन्त्री भट्टले आफूले भने अनुसार काम नगरेको भन्दै सचिव खराललाई ज्यान मार्नेसम्मको धम्की दिएकी छन्। मन्त्रीले नै ज्यान मार्ने धम्की दिएपछि आफू असुरक्षित भएको भन्दै सचिव खरालले सुरक्षाको माग गर्दै प्रदेशका प्रमुख सचिवलाई निवेदन बुझाएका छन्।

मन्त्रालयका हरेक निर्णयमा मन्त्री भट्टले नीति नियम मिचेर काम गर्ने गरेको र आफूलाई समेत दबाब दिने गरेको बताउँदै सचिव खरालले भनेका छन्, ‘मैले नीति नियममै रहेर काम गर्नभन्दा मन्त्रीज्यूले नै पेलेर काम गर्दै आउनुभएको थियो।

गलत काम नगर्ने भनेर अडान लिँदा मन्त्री भट्टले कार्यकक्षमा बोलाएर दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएको खनालको गुनासो छ। मलाई मन्त्रीज्यूले कार्यकक्षमा बोलाएर औंला ठड्याएरै जुनसुकै बेला जे पनि हुनसक्छ भन्दै धम्क्याउनुभयो,’ उनले भने।

मन्त्रीले धम्की दिएपछि ज्यानको असुरक्षा बढेको भन्दै आफूले प्रमुख सचिवसमक्ष सुरक्षाको माग गर्दै निवेदन दिएको समेत खनालले बताए। मैले प्रमुख सचिव समक्ष निवेदन पेश गरेको छु,’ खनालले भने, ‘त्यसको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई पनि दिएको छु।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वन मन्त्रालयका सचिव खरालले जिल्ला प्रशासन कार्यालयमा असुरक्षा बढेको भन्दै बोधार्थपत्र पठाएको पुष्टि गरे।

कसरी बढ्यो विवाद ?

मन्त्रालयको छलफल तथा बैठकमा मन्त्री भट्टका नजिक मानिएका परमानन्द भट्ट सहभागी हुने गरेका थिए। मन्त्री, स्वकीय सचिव र मन्त्रालयका सचिव तथा कर्मचारी बसेर छलफल गर्दै गर्दा परमानन्द भट्ट बीचबीचमा बोल्दै सचिवलाई आफू अनुकूलको काम गर्न निर्देशन दिने गर्दथे।

एक/दुई पटकको बैठक तथा छलफलमा सचिवले केही नबोले पनि पटकपटकको बैठकमा परमानन्द भट्टले सचिवलाई निर्देशन दिन थालेपछि सचिव खनालले ‘तपाईं को हो ?’ भनेर प्रश्न गरे। त्यत्तिकैमा मन्त्री भट्टले उनी आफ्नो सल्लाहकार भएको दाबी गरिन्।

परमानन्द भट्टलाई मन्त्री भट्टले आधिकारिक रुपमा कुनै सल्लाहकारको नियुक्ति दिएकी छैनन्। त्यसपछि सल्लाहकारको प्रमाण के छ भनेर सचिव खरालले सोध्दा मन्त्री भट्ट नाजवाफ बनेकी थिइन्।

त्यसपछि परमानन्द भट्ट, मन्त्री भट्ट, उनका निजी सचिव शेरबहादुर चन्द र अर्का स्वकीय सचिव मन्त्री भट्टकै छोराको आकस्मिक बैठक बसेर सचिव खनालको सरुवा गराउने विषयमा छलफल भएको स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...