News Portal

नेपाल–चीन सीमापार रेल परियोजना सम्बन्धी वार्ता सकारात्मक

हिमाली संचार संवाददाता
९५६ पटक

काठमाडौं – नेपाल–चीन सीमापार रेल परियोजनासम्बन्धी वार्ता सकारात्मक दिशामा अघि बढेको छ। उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे हालै चीनको सियानमा भएको द्विपक्षीय छलफल दुवै देशका सरकारको सहमतिमा विस्तृत अध्ययन गर्नेगरी सकारात्मक निष्कर्षमा टुङ्गिएको हो।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्सेबाट शुरु भई केरुङ हुँदै नेपाल–चीन सिमाना रसुवागढीबाट काठमाडौँसम्म विस्तार हुने उक्त परियोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भएका सबै पक्षमा गहन छलफल हुनका साथै दुवै पक्षबाट आवश्यक सुझाव प्रस्तुत भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माका अनुसार दुवै मुलुकबाट प्रस्तुत सुझावलाई समेटेर केही दिनभित्र चिनियाँ डिजाइन परामर्शदाताले अन्तिम प्रतिवेदन पेश गर्नेछ।

गत बुधबार भएको द्विपक्षीय छलफलमा नेपालको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका थियो भने चिनियाँ पक्षको प्रतिनिधित्व त्यहाँको रेल प्रशासनका उपप्रशासक झेङ जियानले गरे। पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार रसुवागढी–काठमाडौँ रेलमार्ग ७२ किलोमिटरको हुनेछ जसमा धेरै सुरुङ र अग्ला पुल हुनेछन्। काठमाडौँको टोखालाई अन्तिम स्टेशनका बनाइएको छ। (रासस)

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...