News Portal

भारतमा ४ जनालाई शुक्रबार बिहानै फाँसी

हिमाली संचार संवाददाता
१०५४ पटक

एजेन्सी २०, २०२० मार्च : भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई शुक्रबार झुण्ड्याएर फाँसी दिइँदैछ। शुक्रबार बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिने तयारी गरिएको हो।

बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन नहुने भन्दै दायर गरिएको रिट खारेज गरेको छ। अदालतको यो फैसलासँगै उनीहरुलाई फाँसी दिन लागिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन्।

४ जनालाई फाँसी दिनका लागि जल्लाद पवन जेल परिसरमा तयारी अवस्थामा रहेका छन्। उनकै नेतृत्वमा ४ दोषीलाई झुण्ड्याएर फाँसी दिइनेछ। यसअघि जल्लादले बिहीबार राती दोषीहरुलाई झुण्ड्याउने तयारीका लागि ट्रयायल गरेका छन्। त्यसपछि उनलाई जेल वार्डेनले सेल नम्बर ३ मा रहेको फाँसी दिने घरमा लगेका थिए।

फाँसी दिने घरको तयारीको बारेमा छलफलपछि जल्लादहरुलाई जेलरले फाँसी घरमा अवस्थित ब्याल्क बक्सको साँचो हस्तान्तरण गरिसकेका छन् । श्रोतलाई उदृत गर्र्दै भाष्कर दैनिकले लेखेको छ, ‘जेल अधिकारीको उपस्थितिमा फलामको बक्स खोलिएको थियो।

यस बक्समा ४ वटा ब्याग र डोरीका गुथाहरु तयारी अवस्थामा राखिएका छन्। यो दौरानमा फाँसी दिने जल्लादहरुले जेल अधिकारीहरुबाट बक्समा राखिएका सामानहरु र चाबी लिएको भन्दै एक पत्रमा हस्ताक्षरसहितको स्वीकृति लिएका छन्।

जेल प्रशासनले फाँसी जल्लादलाई ३ दिन पहिले नै बोलाएको थियो। जल्लाद पवनले फाँसी दिने कामको नेतृत्व गरिरहेका छन्। सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीमा मेडिकल कलेजकी छात्रा निर्भयाको बलात्कारपछि हत्या भएको थियो।

बलात्कारपछि गम्भीर घाइते निर्भयाको डिसेम्बर २६ मा सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको ९ महिनापछि अर्थात सन् २०१३ मा तल्लो अदालतले ५ दोषीलाई फाँसीको सजाय सुनाएको थियो।

जसमा रामसिंह, पवन, अक्षय, विनय र मुकेश रहेका थिए। त्यसपछि मार्च २०१४ मा उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजाय सुनाएको थियो।

मुद्धा चलिरहेकै बेला मुख्य दोषी रामसिंहले तिहाड जेलमै झुण्डिएर आत्महत्या गरेका थिए। अर्का एक दोषी नाबालक भएको भन्दै केही वर्ष सुधार गृहमा राखेर रिहा भैसकेका छन्। बाँकी रहेका ४ जनालाई शुक्रबार फाँसी दिन लागिएको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...