News Portal

ठेला चालकले सुरक्षागार्डको हत्या गरेको खुलाशा

हिमाली संचार संवाददाता
८१९ पटक

सरोज यादव, विराटनगर – गएको भदौ २ गते विराटनगरस्थित न्यूविक्की हार्डवेयरमा कार्यरत सुरक्षा गार्ड टंकप्रसाद भट्टराईको हत्यामा संलग्न एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मृत भेटिएका सुरक्षागार्ड टंकप्रसाद भट्टराईको आपसी विवादका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले हत्यामा संलग्न ब्यक्तिलाई पक्राउगरी आइतबार सार्वजनिकगर्दै घटनाको बिषयमा जानकारी गराएको हो ।

प्रहरीले भट्टराईको हत्यामा संलग्न अभियुक्त विराटनगर ४ जामुनगाछीका २६ बर्षिय संजय सहनीलाई सार्वजनिक गर्दै आपसी विवाद र लेनदेनका कारण हत्या भएको जनाएको छ । सो बिषयमा जानकारी दिदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख,एसपी मनोजकुमार केसीले आपसी वादविवाद भएपछि अभियुक्त सहनीले भट्टराईलाई रडको टुक्रा प्रयोगगरि हत्या गरेको बताए । उनले अभियुक्त सहनी दुब्र्यसनी रहेको जानकारी दिदै हत्यापछि मृतक भट्टराईको साथ रहेको २५ सय नगद र मोबाईल समेत लुटेर गएको बताए । हत्यापछि फरार रहेका सहनीलाई आइतबार बिहान १२ बजे विराटनगरको सिमाक्षेत्रबाट पक्राउ गरिएको केसीले जानकारी दिएका छन ।

अभियुक्त सहनी ठेलाचालक रहेको बताउदै एसपी केसीले घटनाको दिन सहनी तीनचार पटक संकास्पद अवस्थामा विक्की हार्डवेयरमा ओहोरदोहोर गरेको सिसि टिभि फुटेजमा देखिएको थियो । यसअघिदेखिनै मृतक भट्टराईसंग चिनजान रहेका सहनीले वादविवाद भएपछि २ गते राती १० बजेको समयमा भट्टराइको हत्या गरेको अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको रड समेत प्रहरीले बरामद गरिसकेको एसपी केसीले जानकारी दिए । (नेस)

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...