News Portal

नेपाल सरकारको निर्णय विरुद्ध त्रिविद्वारा परीक्षा सञ्चालन

हिमाली संचार संवाददाता
३२३ पटक

६ चैत्र २०७६

काठमाण्डौ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सम्भावित संक्रमणलाई रोकथाम गर्न नेपाल सरकारले चैत्र ६ गत्तेदेखि लागु हुनेगरी एसईई लगायदका सबै परीक्षा रोक्ने निर्णय गरेपनि त्रिभुवन विश्वविद्यालयले नेपाल सरकारको गम्भीर निर्णयलाई वेवास्ता गर्दै परीक्षा सञ्चालन गरेको छ। 

नेपाल सरकारले बुधबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहिबार देखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरी पठनपाठन रोक्ने निर्णय गरेको थियो। नेपाल सरकारको निर्णयसंगै शिक्षा मन्त्रालयले पनि सबै परीक्षा रोक्न निर्देशन जारी गरेको थियो। 

नेपाल सरकारको निर्णय र शिक्षा मन्त्रालयको निर्देशन विरुद्ध त्रिविले बिहिबारका सबै परीक्षा सञ्चालन गर्दै मध्यान्हका परीक्षा पनि स्थगित नगर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशिले बताएका छन्। त्रिविको कार्यकारी परिषदले निर्णय नगरी पूर्वनिर्धारित परीक्षा स्थगित गर्न नमिल्ने बताउदै चैत्र ७ गत्ते शुक्रवारदेखिका परीक्षा स्थगित गर्ने विषयमा आपतकालिन बैठक बस्ने जानकारी दिएका छन्। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखोरेलको ढुलमुले बोलीका कारण अभिभावक तथा विधार्थी बिहिबार रातभरी तनावमा रहेका थिए। मन्त्रीले बुधबार साँझ सबै परीक्षा स्थगित भएको बताएका थिए। बुधबार साँझ अर्थात् त्यसको करीब ४ धण्टापछि सञ्चारकर्मीहरुको जिज्ञासामा त्रिवि स्वायत्त निकाय भएको हुनाले त्रिवि आफैले यसको निर्णय गर्न सक्ने प्रतिक्रिया दिएको कारण अभिभावक र विधार्थी तनावमा परेका हुन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...