News Portal

चैत्र ७ गत्तेदेखि बैशाख ३ गत्तेसम्म मुलुक प्रवेशमा प्रतिबन्ध

हिमाली संचार संवाददाता
४६३ पटक

६ चैत्र २०७६

काठमाण्डौ। नेपाल सरकारले पश्चिम एसिया लगायद खाडी क्षेत्रका मुलुकहरु इरान, टर्की, मलेशिया, जापान, दक्षिण कोरिया र युरोपका सबै मुलुकबाट नेपाल आउने यात्रुलाई नेपाल सरकारले चैत्र ७ गत्तेदेखि बैशाख ३ गत्तेसम्म नेपाल प्रवेशमा रोक लगाएको छ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहान ६ बजेदेखि मध्यरात ३ बजेसम्म २६ वटा विदेशी एयरलाइन्स र ३ वटा नेपाली एयरलाइन्स गरी २९ एयरलाइन्सले उडान भर्दै आएको छ। नेपाल सरकारको बुधवारको निर्णयसंगै १५ वटा अन्तराष्ट्रिय एयरलाइन्सको उडान शुक्रवार मध्यरातदेखि रोकिने भएको छ।

नेपाल सरकारको निर्णयले भारत, थाइल्याण्ड, बंगलादेश,सिंगापुर र भुटान आउन जान रोक लगाएको छैन। अस्ट्रेलिया अमेरिका लगायदका मुलुकबाट नेपाली नागरिक यी मुलुक हुदै नेपाल आउन सक्नेछन्। भारतबाट इन्डिगो, एयर इन्डिया र भिस्तारा एयरलाइन्स, बंगलदेशबाट विमान बांगलादेश, थाइल्याण्डबाट थाई एयर र थाई लायन काठमाण्डौका लागि उडान भर्दै आएको छ। 

चीनको ग्वाङजाउबाट चाइना साउदर्न, कुनमिङबाट चाइना इस्टर्न, छेन्दुबाट एयर चाइनाले नियमित नभइ निश्चित दिन तोकेर उडान भर्दै आएको छ। नेपाल सरकारको यो निर्णयसंगै हिमालयन एयरलाइन्सले यात्रु अभावका कारण कतै पनि उडान भर्न सकेको छैन। 

नेपाल सरकारले यी कुनै पनि मुलुकबाट ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई चैत्र ७ गत्तेदेखि बैशाख ३ गत्तेसम्म तदानुसार २० मार्च मध्यरातदेखि १५ अप्रिलसम्म लागु हुने गरी मुलुक प्रवेशमा रोक लगाएको छ। 

पश्चिम एसिया अन्तर्गत खाडी मुलुक, टर्की,मलेशिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकबाट ट्रान्जिट भइआउने साथै नेपाल सरकारले दोस्रो पटक गरेको कडाई संगै मध्यपूर्वका एयर अरेबिया, फ्लाइ दुबई, इतिह्यत एयरवेज, जजिरा एयरवेज, ओमन एयर, सलाम एयर र कतार एयरवेजको उडान रोकिने भएको छ। 

युरोप जोड्ने टर्किस एयरलाइन्स र पूर्वी एसियाबाट काठमाण्डौ आउने हङकङको क्याथे ड्रायागन, दक्षिण कोरियाको कोरियन एयर, मलेसियाको मलेसियन एयरलाइन्स मालिन्दो एयर, मध्यपूर्व उडान भर्दै आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको पनि उडान रोकिने भएको छ। 

उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले कोभिड-१९ संक्रमण तथा रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको प्रस्ताव नोवेल कोरोना भाइरस प्रभावित मुलुकबाट आउने नेपाली नागरिक तथा अन्य मुलुकबाट आउने यात्रुहरुलाई नेपाल आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...